के तपाई प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको सन्देश पठाउन चाहानु हुन्छ ?
नेपालबहस संवाददाता
फागुन २०, २०७६ मंगलबार १७:५५:३८
२० फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पतालको ‘एनएक्स–२’ को क्याबिन ६०१ मा सोमबार साँझ भर्ना भएका छन ।
अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसपछिको उपचार टोलीमा डा. प्रेम ज्ञवाली, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह, डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुवास आचार्यलगायत छन ।डा. ज्ञवालीको नेतृत्वमा प्रत्यारोपण शल्यक्रिया हुन लागेको हो । अन्य विभिन्न विभागका विशेषज्ञ चिकित्सकलाई समेत प्रधानमन्त्रीको प्रत्यारोपणअन्तर्गत जुनसुकै बेला उपस्थित हुने गरी तम्तयार भएर बस्न आग्रह गरिएको छ ।
प्रधानमन्त्री ओलीको बुधबार भोली मिर्गौला प्रत्यारोपण गर्ने पूर्वनिधारित तालिकाअनुसार हाल अस्पतालले विभिन्न चिकित्सकीय प्रक्रिया अगाडि बढाइरहेको प्रधानमन्त्री राजनितिक सल्लाहकार बिष्णु रिमालले बताए । उनी भन्छन्, अस्पतालमा हरेक बुधबार नियमित मिर्गौला प्रत्यारोपण हुने गरेको छ । प्रधानमन्त्रीको प्रत्यारोपणमा दुई जना भारतीय चिकित्सकले समेत सघाउने छन ।
यसैबीच, सम्माननीय प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहने सबै महानुभावहरुहरुले आफ्नो संदेश http://kpsharmaoli.com.np मा पोष्ट गर्न सकिने राजनितिक सल्लाहकार रिमालले बताएका छन् । उनले सामाजिक सञ्जालमा एक सुचना प्रकाशित गर्दै मिर्गौला प्रत्यारोपण लागी अस्पतालमा सोमबार भर्ना भएका प्रधानमन्त्री ओली स्वास्थ्यलाभको कामनासहित शुभकामना पठाउनु पर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार