कोरोना भाइरसलगायतका विषयमा छलफल गर्न नेपाल–भारत समन्वय समितिको बैठक बुधबार
नेपालबहस संवाददाता
फागुन २०, २०७६ मंगलबार १८:२३:२१
२० फागुन काठमाडौं । नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक भोलि बुधबार बैतडीमा बस्ने भएको छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको संयुक्त बैठक बस्न लागेको हो ।
बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट (डिएम) डाक्टर विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहभागिता रहने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा सञ्चालन हुने बैठकमा पिथौरागढ, बैतडी र दाुर्चलामा सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहने भएको छ ।
बैठकमा दुईपक्षीय÷बहुपक्षीयका विभिन्न २१ बुँदामा छलफल हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । सीमामा नागरिकलाई हुने समस्या, भारतीय पेन्सनधारीलाई भएको समस्या, शान्ति सुरक्षा, मानव बेचबिखन, अवैध हातहतियार, वन्यजन्तु ओखटोपहार कारोवार, दुवै देशलाई असर पु¥याउने बाढीपहिरो नियन्त्रण, शरणार्थी, अवैध उत्खनन्, अवैध मुद्रा नियन्त्रण, कोरोना भाइरसलगायतका विषयमा छलफल हुने जनाइएको छ । दुई देशको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा पहिलोपटक बस्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार