त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गरौ : मुख्यमन्त्री राउत
नेपालबहस संवाददाता
फागुन २०, २०७६ मंगलबार १९:१०:२९
२० फागुन जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले अगामी २० वर्षमा त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गर्नु पर्ने बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको ‘जनकपुरधाम २०४०’ दुरगामी सोच निर्धारण तथा समावेशी आर्थिक विकास योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठीको समुदघाटन सत्रमा मुख्यमन्त्री राउतले धार्मिक एतिहासिक महत्व बोकेको जनकपुरधामलाई त्यसै अनुरुप विकास गर्नु पर्ने बताए ।
उनले प्रदेश नं. २ को स्थायी राजधानी हुने प्रायः निश्चित रहेको जनकपुरधामको दिर्घकालिन विकासको योजना बनाउदा जनकपुरधामको एतिहासिक साँस्कृतिक महत्व र राजधानीको आवश्यकतालाई ध्यानमा राख्न सुझाव समेत दिए । मुख्यमन्त्री राउतले जनकपुरमा भई रहेको अनियन्त्रित बस्ती विकासलाई रोक्दै नगर क्षेत्र भित्र शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्रहरुको लागि स्पेशल जोन सहितको अवधारणा ल्याउनु आवश्यक रहेको उल्लेख गरे।
जनकपुरधाम उपमहानगरले २० वर्ष पछिको जनकपुरको परिकल्पना सहित ल्याउने गुरुयोजनामा तीनै तहको सरकारले गर्नु पर्ने काम बारे स्पष्ट व्यवस्था गर्न सुझाव दिदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले गर्नु पर्ने कार्यमा प्रदेश सरकार प्रतिवद्ध रहने उल्लेख गरे।
नगर प्रमुख लाल किशोर साहको अध्यक्षतामा भएको उदघाटन सत्रमा उपमेयर रिता मिश्रले स्वागत मन्तव्य राख्नु भएको थियो भने सुदृढ परियोजनाको नीति सल्लाहकार कृष्ण ज्ञवालीले कार्यशालाको उद्देश्य बारे प्रकाश पारेका थिए।
दुई दिने उक्त कार्यशालामा उपमहानगरपालिकाका पदाधिकारीहरु, नागरिक समाजका प्रतिनिधि, विज्ञसहितको उपस्थिति रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
जेठ २, २०८१ बुधबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार