कोरोना भाइरस : त्रसित नबनौं, सतर्क बनौं
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २१:४८:९
२३ फागुन काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमित मुलुकको यात्रामा रोक लगाउन सरकारसँग आग्रह गरेका छन्।
कांग्रेस प्रवक्ता शर्माले शुक्रबार दिउँसो सामाजिक सञ्जालमा त्रसित नबनौं सतर्क बनौं शिर्षकको भिडियो सन्देश जारी गरि दशा बाजा बजाएर आउदैन भन्दै कोरोना भाइरसको संक्रमण फैलिएका देशमा नेपालीको भ्रमणमा तत्काल रोक लगाउन समेत सरकारसँग माग गरेका हुन् ।
भिडियो सन्देशमा प्रवक्ता शर्माले विश्व स्वास्थ संगठन ‘डब्लूएचओ’ ले नेपालाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेपछि कांग्रेसले फागनु २१ गतेबाट पार्टी र पार्टीसँग आबद्ध संस्थाहरूका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम स्थगित गरिसकेको जनाएका छन्। साथै कांग्रेसले पार्टी र आबद्ध संस्थाहरूमार्फत् कोरोना संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतना अभियान पनि सञ्चालन गरिरहेको छ ।
यसअघि कांग्रेसले फागुन १९ गते पत्रकार सम्मेलन गरेर कोरोना भाइरसबारे ‘सरकार र समुदायका नाममा १४ बुँदे अपिल’ जारी गरेर सरकारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।
Corona Virus (Covid 19) त्रसित नबनौं सतर्क बनौं
सूचना सञ्चार तथा प्रचार विभाग ।
नेपाली कांग्रेस I
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार