उपभोग्य वस्तुको भण्डारणमा हतार नगर्न सरकारको आग्रह
नेपालबहस संवाददाता
फागुन २४, २०७६ आइतबार ३:४९:३३
२४ फागुन काठमाडौं । सरकारले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए खबर गर्न अनुरोध गरेको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आम सञ्चारमाध्यामलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्न र जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन अपिलसमेत गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ नेपालमा आउनसक्ने उच्च जोखिम रहेकोतर्फ सचेत गराउँदै गृह मन्त्रालयले आवश्यक सावधानी अपनाए रोगबाट बच्न सकिने जनाएको छ ।
सरकारले कोरोना भाइरसको सङ्क्रमण नेपालमा नरहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको छ । गृह मन्त्रालयले बढी भीडभाड हुने सभा, सम्मेलन, कार्यक्रममा कोरोना भाइरसको जोखिम हुने भएकाले हाल यस्ता कार्यक्रम स्थगन गरेको जानकारी दिँदै रोकथामका लागि हरेक उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ ।
होली नखेल्न आग्रह
होली पर्वका अवसरमा विगतमा झैँ भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले उक्त कार्य नगर्न र नगराउनसमेत गृहमन्त्रालयले अनुरोध गरेको छ । भीडभाडमा जाँदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भन्दै सरकारले सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै
जेठ २०, २०८१ आइतबार
कैलाशकुट सामाजिक अभियानको आँखा शिविरबाट तीन सय लाभान्वित
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक जारी, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल
जेठ २०, २०८१ आइतबार
अभिनेत्री रविना नयाँ विवादमा, रक्सीको नशामा वृद्ध महिलालाई कुटेको आरोप
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
जनसम्पर्क समिति डेनमार्कमा सहमति अनुरुप नेतृत्व हस्तान्तरण गर्न आनाकानी
जेठ २०, २०८१ आइतबार