विमानस्थल सरसफाइमा जुट्दै शर्मा
नेपालबहस संवाददाता
फागुन २५, २०७६ आइतबार २०:५:५९
२५ फागुन काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा आमूल परिवर्तन ल्याएका गैर आवासीय नेपाली खेम शर्मा अहिले आन्तरिक विमानस्थल सरसफाइ अभियानमा जुट्ेका छन् । दुई वर्षअघि एक महिनासम्म निरन्तरको मेहनतपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा परिवर्तन ल्याएका अष्ट्रेलिया निवासी शर्मा नेपालका अन्य आन्तरिक विमानस्थलमा समेत सरसफाइ अभियान सञ्चालन गर्न नेपाल आएका छन् ।
“सरसरफाइ अभियानका लागि पहिलो चरणमा १० वटा विमानस्थलको निरीक्षण गर्ने काम भएको छ”, नेपालगञ्ज विमानस्थलको निरीक्षणपछि शर्माले भने, “नेपालगञ्ज विमानस्थल अन्य विमानस्थलको तुलनामा राम्रो छ, तर अझै धेरै राम्रो गर्न सकिन्छ ।” शहरको विकास र सभ्यता सरसफाइबाट झल्किने भएकाले विमानस्थललाई सफा राख्नुपर्नै उनको भनाइ छ । अष्ट्रेलियामा सरसफाइसम्बन्धी काम गरेर सीप हासिल गरेका शर्माले अहिले आफैँ सरसफाइ कम्पनी सञ्चालन गर्दै आएका छन् ।
सरसफाइमा सिकेको सीप र अनुभवलाई आफ्नो मुलुकको विमानस्थल सरसफाइ अभियानमा प्रयोग गर्न लागेको उनले जानकारी दिए । “विदेशी नागरिक पहिलोपटक नेपाल आउँदा विमानस्थलमा पुग्छन् विमानस्थलको सरसफाइको अवस्थाले नेपालप्रति उनीहरुको धारणा बन्ने गर्दछ”, शर्माले भने, “त्रिभुवन विमानस्थल सरसफाइ अभियानमा पाएको सफलता र प्रशंसाले गर्दा अन्य विमानस्थलमा पनि सरसफाइको अभियान शुरु गरेका छौँ ।”
अभियान सञ्चालनका लागि शर्माले शनिबारसम्म पश्चिम नेपालका धनगढी, नेपालगञ्ज र गौतमबुद्ध विमानस्थल भैरहवाको निरीक्षण गरिसेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहमतिमा विमानस्थल सरसफाइ अभियान सञ्चालन गर्न थालिएको हो । “हामी आफैँले वा विदेशबाट मान्छे ल्याएर सरसफाइ अभियान सञ्चालन गर्ने होइन”, उनले भने, “सरसफाइका कर्मचारीलाई आफूले जानेको प्रविधि सिकाएर हाम्रो अनुपस्थितिमा पनि यहाँका कामदार सरसफाइ गर्न सक्षम हुने गरी सीप हस्तान्तरण गर्नेछौँ ।”
सरसफाइका क्षेत्रमा काम गर्ने कर्मचारीलाई तालीम, उपकरण र सुरक्षा सचेताको अभाव रहेकाले काम गर्दा आफू पिछडिएको अनुभूति गर्ने गरेको पाइएको शर्माले उल्लेख गरे । “हामीले विमानस्थलको सरसफाइमा कुनै नयाँ काम गर्न गइरहेको होइन, भइरहेको कामलाई परिणाममुखी बनाउने मात्र हो”, शर्माले भने, “सबैभन्दा पहिले मैले सरसफाइ गर्ने कामदारमा आफ्नो कामप्रतिको हिन भावना हटाउने र आत्मसम्मान जगाउने काम गर्ने हो ।”
नेपाल आउने पर्यटकको पहिलो दृष्टि यहाँको सरसफाइमा पर्छ, देशको मुख्य प्रवेशद्वार विमानस्थलको सफाइ भएमा मात्र अन्तरराष्ट्रियरुपमा देशको छवि सुन्दर बन्छ भन्ने खेमको धारणा छ । गैरआवासीय नेपाली आफ्नो ज्ञान, सीप र आर्जन गरेको धन आफ्नो मातृभूमिका लागि सदुपयोग गर्न चाहन्छन् भन्ने यो एक उदाहरण भएको उनि बताउछन् । चितवनको भरतपुर महानगरपालिका निवासी खेमको कम्पनीले भरतपुर विमानस्थल, भरतपुर क्यान्सर अस्पताललगायत कैयौँ स्थानमा यस्तो सरसफाइ अभियान सम्पन्न गरिसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार