ओली अझै बलियो हुने संकेत
नेपालबहस संवाददाता
फागुन २६, २०७६ सोमबार २०:३०:०
समाचार टिप्पणी
२६ फाल्गुण, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संभवतः यसै साता अस्पतालबाट डिस्चार्ज हुँदैछन् । ओली मृगौलाको दोस्रोपटक प्रत्यारोपण गर्न अस्पताल बसेका हुन् । उनको प्रत्यारोपण आशातीत सफल भएको छ । अब विस्तारै उनी पूर्ववत आफ्नो राजकीय कामकाजमा फर्कने छन् । काममा फर्कने बित्तिकै उनको धपेडी अझै बढ्ने छ । साथै उनको तनाव पनि बढ्ने निश्चित छ । केही थाँती बसेका महत्वपूर्ण निर्णयबाट उनको नयाँ परीक्षा शुरु हुने छ ।
पार्टीको नवौ महाधिवेशनपछि कहिल्यै पछाडि फर्केर हेर्नुनपर्ने अवस्थामा पुगेका आली अहिले भने अप्रत्यासित रुपमा रक्षात्मक बनेका छन् । खासगरी गत पुस महिनामा नेता बामदेव गौतमको भैंसेपाटीस्थित निवासमा सचिवालयका ६ जना नेताको बैठकपछि ओलीको शक्ति स्खलित हुन थालेको हो । भर्खरै मात्र उपाध्यक्ष बनाइएका बामदेव निवास भैंसेपाटीमा भएको उक्त भेला वस्तुत ओलीविरुद्धकै मोर्चाबन्दी थियो ।
पार्टी एकीकरण गरी अध्यक्ष बनाइएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाउपेचले ओलीलाई चेपुवामा पारेको हो । ओलीले पार्टी र सरकारमा एकछत्र राज गरेकोमा प्रचण्ड मात्र नभई पूर्व एमालेकै कतिपय नेता कार्यकर्ता आक्रोशित थिए ।माधवकुमार नेपाल, झलनाथ खनाल जस्ता नेतालाई तह लगाउन ओलीले प्रचण्ड र गौतमको राम्रै प्रयोग गरेका हुन् । उक्त प्रयोग एक किसिमले सफल नै भएको हो । तर जब प्रचण्डको भित्री चाहना र बिगतको सहमति विपरित ओली हिंड्न थाले, त्यसपछि परिस्थितिले कोल्टे फेरेको हो ।
त्यो गुण लगाएवापत उनले बामदेव गौतमलाई नयाँ प्रधानमन्त्रीको रुपमा चर्चामा ल्याईदिए । मूर्ख र एकोहोरो स्वभावका गौतमलाई प्रभावित पार्न त्यति धेरै मुश्किल थिएन । केवल उनलाई पत्याउने आधार तयार गरे पुग्ने अवस्था चाहिएको हो ।
नेपाली राजनीतिका चतुर खेलाडी प्रचण्डले लामो समय पार्टीको दोस्रो दर्जाको अध्यक्षको हैसियतमा आफूलाई खुम्च्याइएको अनुभूति गरे । त्यसपछि उनले पार्टी एकीकरण गर्ने बेला ओलीसँग भएको जेन्टलम्यान सहमति बमोजिम आधा आधा प्रधानमन्त्री पदको बाँडफाँडको मुद्धा सतहमा ल्याए । त्यसपछि बाध्य भएर ओलीले प्रचण्डसँग अर्काे सहमति गरी पार्टीको कार्यकारी अध्यक्ष सुम्पिए । त्यसबापत पाँच वर्षे प्रधानमन्त्रीको ल्याप्चे लिए प्रचण्डसँग ।
त्यसपछि प्रचण्डको सक्रियता यति बिघ्न बढ्यो कि ओली नै छायाँमा पर्ने अवस्था आयो । त्यसपछि ओलीले आफू कमजोर हुन लागेको चाल पाए । त्यसलाई काउन्टर गर्न उनले सभामुख पदमा आफ्नो दावेदारी प्रस्तुत गरे । तर प्रचण्डले यो खेलमा ओलीलाई एक्लो बनाएर आफ्नो चाहना लादिदिए । अर्थात, ओलीको इच्छा विपरित अग्निप्रसाद सापकोटा सभामुख बने । त्यो गुण लगाएवापत उनले बामदेव गौतमलाई नयाँ प्रधानमन्त्रीको रुपमा चर्चामा ल्याईदिए । मूर्ख र एकोहोरो स्वभावका गौतमलाई प्रभावित पार्न त्यति धेरै मुश्किल थिएन । केवल उनलाई पत्याउने आधार तयार गरे पुग्ने अवस्था चाहिएको हो ।
बामदेव पनि नेपालको इतिहासमा प्रधानमन्त्री बन्ने हैसियत बनाईसकेका नेकपा नेता जो परे । नेकपाले अहिले प्राप्त गरेको हैसियत नेपालको राजनीतिक इतिहासमै आश्चर्यजनक हो भन्ने बुझाई उनको छ । नेकपामा उनको हैसियतमा रहेका नेतामध्ये उनी मात्र संसद बाहिर छन् । अहिले जति प्रधानमन्त्री बन्न सहज मौका र अवसर फेरि पाउने नपाउनेमा उनलाई आशंका रहनु स्वभाविक हो । यो कुराको राम्रो भेउ पाएका प्रचण्डले ओली विरुद्धको बलियो हतियारका रुपमा गौतमको महत्वाकांक्षालाई मलजल गरे ।
त्यसपछि विकसित राजनीतिक घटनाक्रम बामदेवका लागि त्यति प्रिय बन्न सकेको छैन । किनभने ओलीले बामदेवलाई राष्ट्रियसभामा मनोनित गर्न ठाडै अस्वीकार गरेका छन् । ओलीको प्रतिक्रियाले बामदेवको मात्र नभई प्रचण्डको राजनीतिक भविष्य समेत दाउमा लागेको छ ।
हुनपनि अहिले प्रधानमन्त्री बन्न जति सजिलो भोलि नहुुन सक्छ भन्ने बुझाई गौतममा पनि देखियो । त्यसैले उनी प्रधानमन्त्री बन्न जसरी भएपनि संसद प्रवेशमा जोडबल गर्न लागे । प्रतिनिधिसभामा प्रवेश नगरी प्रधानमन्त्री बन्न संविधान बाधक रहेको जानकारी उनलाई नहुने कुरै भएन । त्यो गाँठो फुकाउन प्रचण्डले लबिङ गरे । ओलीलाई कमजोर बनाउने शर्तमा माधव नेपालदेखि झलनाथ खनालसम्म एकै कित्तामा उभिए । बामदेवलाई राष्ट्रियसभामा ल्याउने अनि संविधान संशोधन गरेर उनलाई प्रधानमन्त्री बन्ने बाटो खोल्ने । यो प्रक्रिया बामदेवलाई आकर्षक लाग्यो । त्यसैले उनी जान राजी भए ।
सचिवालय बैठकमा प्रचण्डले ओलीको कुरै नसुनी एकतर्फी रुपमा बामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय सुनाएपछि मात्र झल्याँस्स भए । त्यसपछि विकसित राजनीतिक घटनाक्रम बामदेवका लागि त्यति प्रिय बन्न सकेको छैन । किनभने ओलीले बामदेवलाई राष्ट्रियसभामा मनोनित गर्न ठाडै अस्वीकार गरेका छन् । ओलीको प्रतिक्रियाले बामदेवको मात्र नभई प्रचण्डको राजनीतिक भविष्य समेत दाउमा लागेको छ ।
त्यसका लागि उनले धेरै मेहनत गर्नै पर्दैन, संविधानको धारा देखाई दिए पुग्छ । अर्थात, प्रतिनिधिसभामा पराजित उम्मेदवार अर्काे चुनाव नभएसम्म मन्त्री बन्न नपाउने भन्ने संबैधानिक व्यवस्था लागू गर्न सहमत गराउन सक्छन् । यसले ओली आगामी दिन अझै बलियो हुने अवस्था रहने छ ।
अर्काे साताबाट ओलीले राजकीय काममा ध्यान दिन थालेपछि पहिलो चुनौती नै बामदेव प्रकरणबाट शुरु हुने छ ।बामदेवलगायत प्रचण्ड जसरी भएपनि सचिवालयको निर्णय कार्यान्वयन गर्न दवाव बढाउँदै गर्दा ओलीले पनि नयाँ रणनीति अपनाउने पक्का छ । बामदेवलाई राष्ट्रियसभामा लैजान शुरुमा सकारात्मक ओली जब प्रचण्डको घेराबन्दीमा पारेर यो निर्णय गर्न आतुर भएको बुझे, त्यसपछि भने नकारात्मक बनेका हुन । त्यसैले सचिवालयको निर्णय सहजै लागू हुनेमा विश्वास गर्ने आधार विस्तारै कमजोर बन्दै छ ।
ओलीलाई बाध्य पार्न लागियो भने उनले यो प्रकरणलाई संबोधन गर्न प्याकेज सहमति गर्न सक्छन् । अर्थात विगतमा कमजोर बनाइएका ओलीले सचिवालयको निर्णय कार्यान्वयन गरेवापत प्रचण्डलाई कमजोर बनाउने कुनै न कुनै हतियार प्रयोग गरी छाड्छन् । अर्थात बामदेवलाई राष्ट्रियसभामा ल्याएपनि प्रधानमन्त्री त के मन्त्री समेत नबनाउने वातावरण बनाउन सक्छन् । त्यसका लागि उनले धेरै मेहनत गर्नै पर्दैन, संविधानको धारा देखाई दिए पुग्छ । अर्थात, प्रतिनिधिसभामा पराजित उम्मेदवार अर्काे चुनाव नभएसम्म मन्त्री बन्न नपाउने भन्ने संबैधानिक व्यवस्था लागू गर्न सहमत गराउन सक्छन् । यसले ओली आगामी दिन अझै बलियो हुने अवस्था रहने छ ।
यो प्रकरणलाई प्रचण्ड, माधव र झलनाथले सहज रुपमा मिलाउनतिर लागेनन् भने ओलीले त्यस्ता धेरै बखेडा झिक्ने छन् । जसले गर्दा या त पार्टी नै विभाजन हुने अवस्था आउने छ , या ओली अझै बलियो भएर आउने छन् । आगामी केही दिनमै यो स्पष्ट हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रभाषामा महाधिवेशनको प्रचार प्रसार गर्दै जसपा
बैशाख २०, २०८१ बिहिबार
रायबरेली र अमेठीमा कांग्रेसले कसलाई टिकट दिन्छ ?
बैशाख २०, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
देशभर वन डढेलोको अवस्था विकराल बन्दै
बैशाख २०, २०८१ बिहिबार