कर्णाली प्रवेश गर्ने सवारीसाधनलाई मूलद्वारमा जाँच कार्य शुरु
नेपालबहस संवाददाता
फागुन २६, २०७६ मंगलबार ४:१०:४४
२६ फागुन सुर्खेत । कर्णाली प्रदेशको मूलद्वार मानिने भेरीगङ्गा नगरपालिका–५ स्थित बबई नदी पुलमा राखिएको सहायता कक्ष ‘हेल्थ डेस्क’बाट कोरोना भाइरससम्बन्धी जाँच शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक रीता भण्डारी जोशीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले आइतबारदेखि कर्णाली प्रवेश गर्ने सवारीसाधनलाई मूलद्वारमा जाँच गर्ने कार्य शुरु गरेको हो ।
पहिलो दिनमै कर्णाली भित्रिने एक हजार २२० पुरुष र ६६४ महिला गरी एक हजार ८८४ जनालाई कोरोना भाइरससम्बन्धी जाँच गरिएको निर्देशक जोशीले बताए । “हामीले गाडीमा सवार यात्रु तथा चालक सबैलाई कोरोनाको जाँच गरेका छौँ,” उनले भने, “अहिलेसम्म त्यस्तो सङ्क्रमण कतै भेटिएको छैन ।” बबईमा राखिएको हेल्थ डेक्सबाट अब कर्णाली छिर्ने र बाहिरिने सबै यात्रुको जाँच गरिने उनको भनाइ थियो ।
उनका अनुसार यो सेवा एक हप्तासम्म निरन्तर सञ्चालन हुनेछ । यता जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले कर्णाली सरकारले सल्यानको कपुरकोट, बबई, हुम्लाको हिल्सा र सुर्खेत विमानस्थल तथा कुइनेपानीमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको र सुर्खेत बसपार्क र बड्डीचौरमा पनि तत्काल सञ्चालन गर्न थालिएको जानकारी दिए ।
आत्तिनु पर्दैन तर सचेत हुन जरुरी छ
जताततै कोरोनाको आतङ्क देखिए पनि नेपालमा अहिले यसको समस्या नभएको प्रमुख वाग्लेले प्रस्ट पारे। चीनको वुहान विश्वविद्यालयबाट आएका २४५ नेपाली विद्यार्थीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर उनीहरुमा ‘कोभिड–१९’ नदेखिएको भन्दै यसबाट नेपाल प्रभावित नरहेको तर सचेत हुन जरुरी रहेको उनले बताए ।
कार्यालय प्रमुख वाग्लेले भने, “हामीसँग अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन यद्यपि कोरोना आतङ्क फैलाइएको छ । सामाजिक सञ्जाल तथा अन्य स्रोतले कुप्रचार गरेजस्तो कोरोनाबाट आतङ्कित हुनु पर्दैन बरु आफू सुरक्षित हुन हरेकले नियमितरुपले साबुनपानीले हातमुख धुन, हाच्छ्यूँ गर्दा तीन मिटर टाढा रहन, नाकमुख छोप्ने, मास्क लगाउन आवश्यक छ ।”
उनका अनुसार ज्वरोसहितको रुघाखोकी देखिएमा नआत्तिएर स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ । हवाई तथा स्थलमार्गबाट आवतजावत गर्ने यात्रुलाई सचेतनाका विभिन्न पर्चा, पुस्तिका वितरण गरिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले ‘कोभिड–१९’ बाट बच्ने बारेमा सचेतना जगाउन जुम्ला विमानस्थल, मालपोत कार्यालय र अन्य सार्वजनिकस्थलमा पोष्टर टाँसिएको बताए । त्यसका साथै पत्रपत्रिका, रेडियोबाट पनि यसबाट बच्ने उपयाबारे सन्देश प्रवाह गरिएको प्रमुख सापकोटाको भनाइ थियो ।
उत्तरी नाकामा बढी सजगता अपनाउनुपर्ने भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. अशोक गौतम नेतृत्वको चिकित्सकको टोली त्यसतर्फ पठाइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । यता प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सरकारले सचेतनाका गतिविधिहरुलाई स्थानीय तहसम्म पु¥याउन स्वास्थ्य जनशक्तिलाई परिचालन गरिएको भन्दै ‘कोभिड–१९’ को सन्त्रासबाट नआत्तिन तर सचेतना अपनाउन आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार