आठ विद्यालयको पुनर्निर्माण हुँदै
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १९:३६:४४
२७ फाल्गुण, काठमाडौं । विसं २०७२ को भूकम्पले क्षति पु¥याएका बागलुङका विद्यालयको पुनर्निर्माणले चार वर्षपछि गति लिन थालेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यस वर्षको पहिलो चरणमा आठ विद्यालय तथा आठ शौचालय पुनर्निर्माण गर्न शुरु गरेको हो । आव २०७५÷७६ को पहिलो चरणमा ४० विद्यालय पुनर्निर्माण गरेको प्राधिकरणले दोस्रो चरणमा ३८ विद्यालय र २५ शौचालय पुनर्निर्माण गरिरहेको छ भने आर्थिक वर्ष २०७६÷७७ को पहिलो चरणमा चारकोठे आठ विद्यालय तथा आठ शौचालय पुनर्निर्माण गर्न थालेकोे हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गतको पुनर्निर्माण भइरहेको बागलुङमा २०७५ साल साउन १ गते शिक्षाक्षेत्रको पुनर्निर्माणलाई गति दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई शिक्षा कार्यालयको स्थापना गरी विद्यालय पुनर्निर्माणलाई तीव्रता दिइएको छ ।
जिल्लामा भूकम्पबाट क्षति पु¥याएका विद्यालय भवनको पुनर्निर्माण गर्न छुट्टै कार्यालयमार्फत काम भइरहेकाले पुनर्निर्माणले गति लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका कार्यालय प्रमुख मतिलाल चपाईले बताए । “जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले जिल्लाका भूकम्प प्रभावित विद्यालयको मात्र पुनर्निर्माण गर्दै आएको छ”, उनले भने, “शिक्षातर्फ अहिले जिल्लामा पुनर्निर्माणले तीव्रता पाएको छ, यो आर्थिक वर्षको पहिलो चरणमा आठ विद्यालय तथा आठ शौचालय निर्माण थालिएको छ ।”
उनले विद्यालयजस्तो संवेदनशील क्षेत्रको पुनर्निर्माणमा ढिलाइ भएका कारण छुट्टै कार्यालयबाट पुनर्निर्माण थालेकाले विद्यालय भवन निर्माणमा छिटो हुन थालेको बताए । हाल जिल्लामा भूकम्पले क्षति पु¥याएर आर्थिक वर्ष २०७४÷७५ मा दुई चरणमा निर्माण थालिएका ७८ विद्यालयमध्ये ५३ विद्यालय निर्माणसम्पन्न भइसकेका छन् भने २५ विद्यालय निर्माणको अन्तिम चरणमा रहेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका इञ्जिनीयर नवीनकुमार सिंहले जानकारी दिए । उनका अनुसार २५ शौचालयमा १३ शौचालय निर्माणसम्पन्न भइसकेका छन् भने १२ शौचालय निर्माणको अन्तिम चरणमा छन् ।
गत आर्थिक वर्षमा निर्माण थालिएका ७८ मध्ये ३६ विद्यालय दुईकोठे, १० विद्यालय तीनकोठे र ३२ विद्यालय चारकोठे पुनर्निर्माणमा परेका थिए । चारकोठे भवनका लागि रु ७० लाख, तीनकोठे भवनका लागि रु ३५ र दुईकोठे भवनका लागि रु २३ लाख तथा शौचालय निर्माणका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । पुनर्निर्माण भएका विद्यालय तथा शौचालय पूर्णरुपमा भूकम्प प्रतिरोधी र अपाङ्गमैत्रीसमेत हुने जिल्ला कार्यान्वयन एकाइले जनाएको छ ।
भुकम्पमा विद्यालय भवनसँगै शौचालयमा समेत क्षति पुगेको भन्दै गत वर्षबाट शौचालय समेत पुनर्निर्माण गर्न थालिएको कार्यालय प्रमुख चपाईले बताए । बागलुङमा रहेका पाँच सय २८ विद्यालयमध्ये दुई सय १० विद्यालयको दुई हजार ३५ कोठामा भूकम्पले क्षति पु¥याएको थियो । सोमध्ये १८८ विद्यालयमा जिल्ला कार्यान्वयन एकाइले पुनर्निर्माणको कार्यक्रम पु¥याइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार