कोरोनाको अनावश्यक हल्लाका पछि नलागौं : अर्थमन्त्री
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार २२:१५:१६
२७ फाल्गुण, काठमाडौं । कोराेना भाइरसको प्रकोपबाट जोगिन सरकारले सर्वदलीय सहमति निर्माण गर्ने तत्परता देखाएको छ । मुलुकमा यसको खतरा नफैलियोस् भनेर सचेतना अपनाउन सक्दो प्रयास भइरहेको सन्दर्भमा सर्वदलीय बैठकको आयोजना गर्न लागिएको जानकारी सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले दिएका छन् ।
आज सिंहदरबारमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा सहभागी भएका मन्त्री खतिवडाले पत्रकारसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् । संभावित संक्रमणबाट जोगिन सबैखाले प्रयास गरिने जानकारी दिंदै डा. खतिवडाले भने – यसबारे सर्वदलीय बैठक गरी राष्ट्रिय सहमति बनाइने छ ।
बजारमा अनावश्यक हल्ला फैलिएकोप्रति आपत्ति जनाउँदै मन्त्री खतिवडाले भने – हामीसँग पर्याप्त मौज्दाद छ, खाद्यान्न र औषधिका लागि तत्काल कुनै समस्या पर्दैन, सर्वसाधारण ढुक्क भए हुन्छ । औषधिजन्य उत्पादनको आयातमा भारतबाट प्रतिबन्ध लगाइएको सन्दर्भमा उनले भने – यसबारे कूटनीतिक तहमा कुरा गरिने छ । हाल भन्सार बिन्दूमा रहेका सामग्री तत्कालै छुटाउने पहल शुरु भएको छ ।
उनले भने – हामीसँग अहिले नै पाँच महिनालाई पुग्ने खाद्यान्न र तीन महिनाका लागि आवश्यक औषधि मौज्दात छ, चिन्ता लिनु पर्दैन । साथै, चीनमा कोरोना भाइरस नियन्त्रणमा आउने क्रममा भएकाले नाका पनि खुल्ने र अभाव नहुने विश्वास उनले व्यक्त गरे । नागरिक तहबाट समेत सहयोग हुनुपर्ने भन्दै उनले अनावश्यक रुपमा सामान थुपार्ने प्रवृत्ति त्याग्न आह्वान गरे ।
यसैबीच सरकारले आज निजी क्षेत्रका प्रतिनिधिसँग मन्त्रालयमा गरेको छलफलमा सहयोगको लागि आग्रह गरेको छ । बैठकमा सहभागी व्यवसायीले आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट गरेका छन् । खाद्यान्नलगायत औषधि र पेट्रोलियम पर्याप्त मौज्दात रहेकाले अनावश्यक हल्लाका पछाडि नलाग्न सर्वसाधारणसँग आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार