विद्यालयमा पानी शुद्धीकरण मेशिन जडान : शिक्षक विद्यार्थी खुशी
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार १८:२०:३७
२८ फागुन, गोरखा । पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योति जनता माध्यमिक विद्यायलमा करिब रु ५० लाखको लागतमा पानी शुद्धीकरण मेशिन जडान गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको अभाव हुदै आएपछि गोरखा फाउण्डेशन नेपालको समन्वयमा पानी शुद्धीकरण मेशिन जडान गरिएको विद्यालयका प्रधानध्यापक माधवराज देवकोटाले जानकारी दिएका छन् ।
“अहिले छ वटा च्याम्बर मेशिन राखिएको छ”, उनले भने, “एउटा मेशिनले पानीमा रहेका आइरन, एल्मुनियम, म्याग्नेसियमजस्ता पदार्थ फिल्टर गर्छ, अनि पानीलाई नरम बनाउने काम गर्छ र अर्को मेशिनले शरीरलाई आवश्यक पर्ने लवण थप्छ ।” मेशिनबाट प्रशोधित भएर पानीट्याङ्कीमा जम्मा हुने व्यवस्था मिलाइएको उनले बताएका छन् ।
प्रधानध्यापक देवकोटाका अनुसार अहिले करिब एक हजार ८०० मिटर दूरीमा रहेको धारापानी मुहानबाट विद्यालयमा पानी ल्याइएको छ । “मुहानबाट ल्याइएको पानी मेशिनबाट प्रशोधित हुँदै पानी शुद्धीकरण भएर ट्याङ्कीमा जम्मा हुन्छ”, उनले भने, “पानी सङ्कलनका लागि एक हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कीको व्यवस्था गरिएको छ ।”
जडान गरिएको मेशिनले एक घण्टामा करिब एक हजार ५०० लिटरसम्म पानी फिल्टर गर्नसक्ने उनले बताएका छन् । पानी शुद्धीकरण मेशिन राख्नका लागि विद्यालयले रु दुई लाख ५० हजारको लागतमा सुरक्षित अस्थायी घरसमेत निर्माण गरेको प्रधानाध्यापक देवकोटाले जानकारी दिएका छन् । “शुद्धीकरण भएको पानी विद्यार्थी तथा शिक्षकले पिउनका लागि चार वटा धारा जडान गरिएको छ”, उनले भने, “धाराबाट बोतलमा थापेर मात्र पानी पिउने व्यवस्था मिलाएका छौ, तर हातमुख धुन अर्कै धाराको प्रयोग गर्नुपर्छ ।”
गोरखा फाउण्डेशन नेपालको समन्वयमा मेशिन जडान गरिएको उनले बताएका छन् । मेशिन जडानका क्रममा फाउण्डेशनले विद्यालयका तीन शिक्षकलाई वाटर पिउरोलोजिष्टसम्बन्धी एक दिने तालीमसमेत प्रदान गरेको थियो । विद्यालयमै स्वच्छ पिउनेपानीको सुविधा भएपछि विद्यार्थी, अभिभावक र शिक्षक सबै खुशी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार