फागुन २९ गते राजस्व संकलन तथा चालु खर्च दुवै निराशाजनक
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शनिबार ४:६:५८
चालु आर्थिक वर्षको २३९ दिन सम्मको महालेखा नियन्त्रक कार्यालयको बजेटरी विवरणमा आधारित विश्लेषण
३० फाल्गुण, काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि सबैभन्दा चर्काएको नारा हो “समृद्ध नेपाल सुखी नेपाली” । दुई बर्षभन्दा बढी समयको यो अवधिमा प्रधानमन्त्री मात्र होइन, उनलाई खुशी पार्ने नाममा उनका मन्त्री, सरकारी कर्मचारी र कार्यकर्ताहरु पनि खुबै घोकेको नारा हो यो ।
आमजनता, पार्टी कार्यकर्ता तथा उद्योगी व्यवसायीहरुले पटक्कै मन नपराए पनि अर्थमन्त्री डा.यूवराज खतिवडा प्रधानमन्त्री ओलीको प्रिय भएपछि दुईबर्षे कार्यकाल सकिएपनि पुन ६ महिनाका लागि म्यादी मन्त्रीको रुपमा दोहोरिएका छन् ।अराजनीतिक पृष्ठभुमिका अर्थमन्त्री खतिवडाले निकै महत्वकांक्षाका साथ बजेट भाषणमा राखेको लक्ष्य हासिल गर्न उनै मातहतका कार्यलयहरुले पुरा गर्न नसकेपछि पसिना छुटन थालेको छ ।
न्युन विकास खर्च मात्र होइन राजश्व संकलनमा समेत सरकार असफल हुन थालेको छ । लगानी सम्मेलनमार्फत घोषणा भएको वैदेशिक लगानी भित्र्याउने लक्ष्य हावादारी सावित भैसकेको परिपेक्ष्यमा ऋण, अनुदान भित्र्याउन समेत सरकार असफल सिद्ध भएको छ ।
स्वदेश कै उद्योगी व्यापारीहरुले थप लगानीको भविश्य सुनिश्चित नदेखेको, भैरहेको लगानीमा संकट आउन लागेको तथा करको भारले थिचिएर निस्सासिएको रहेको बेला अर्थमन्त्रालय मातहत कै महालेखा नियन्त्रक कार्यालयको राजश्व संकलन र खर्च बारे चालु आर्थिक बर्षको २३९ दिनसम्मको विवरण हेर्दा कहाली लाग्दो अवस्था देख्न सकिन्छ ।
राजस्व संकलन तर्फः
राजस्व संकलन र खर्चको तथ्याँकले मुुलुकको अर्थतन्त्रको तस्वीर झल्काउँछ । तर चालु आर्थिक वर्षमा २३९ दिन सम्म राजस्व संकलन र खर्चमा निराशाजनक देखिएको छ । २०७६ साल फागुन २९ गतेका दिन कुल रु २ अर्ब ४ करोड ८ लाख राजस्व संकलन भएको छ । लक्ष्य अनुसार राजस्व संकलन हुन हरेक दिन कम्तीमा पनि रु. ३ अर्ब ४ करोड ६७ लाख बराबर राजस्व संकलन हुन पथ्र्यो ।
२०७६ साल फागुन २९ गते सम्म रु. ५ खर्ब ४५ अर्ब ६४ करोड ९५ लाख राजस्व संकलन भएको छ । तर लक्ष्य अनुसार राजस्व सँकलन हुन उक्त अवधिमा रु. ७ खर्ब २८ अर्ब १५ करोड ३२ लाख राजस्व संकलन हुनुपथ्र्यो । यसरी २०७६ साल फागुन २९ गते मात्रै लक्ष्य भन्दा रु. १ अर्ब ५९ लाख कम राजस्व सँकलन भएको छ । यस आर्थिक वर्षका यी २३९ दिन सम्ममा लक्ष्य भन्दा १ खर्ब ८२ अर्ब ५० करोड ३७ लाख कम राजस्व संकलन भएको छ ।
कुल खर्च तर्फः
कुल खर्चतर्फ भने फागुन २९ गते निराशाजनक नै रहेको छ । २०७६ साल फागुन २९ गतेका दिन कुल रु ३ अर्ब ४४ करोड १६ लाख खर्च भएको छ । जव कि लक्ष्य अनुसार खर्च हुन हरेक दिन कम्तीमा पनि रु. ४ अर्ब १९ करोड ९९ लाख बराबर खर्च हुन पथ्र्यो ।
२०७६ साल फागुन २९ गते सम्म रु. ६ खर्ब ६ अर्ब ८९ करोड ६८ लाख खर्च भएको छ । तर लक्ष्य अनुसार खर्च हुन उक्त अवधिमा रु. १० खर्ब ३ अर्ब ७७ करोड ८५ लाख खर्च हुनुपथ्र्यो । २०७६ साल फागुन २९ गते लक्ष्य भन्दा रु. ७५ करोड ८३ लाख कम खर्च भएको छ । यस आर्थिक वर्षका यी २३९ दिनमा अपेक्षित लक्ष्य भन्दा रु. ३ खर्ब ९६ अर्ब ८८ करोड १७ लाख कम खर्च भएको छ ।
(क) चालु खर्चः
चालु खर्च तर्फ पनि फागुन २९ गते निराशाजनक रहेको छ । २०७६ साल फागुन २९ गतेका दिन कुल रु २ अर्ब ४५ करोड ५४ लाख खर्च भएको छ । जव कि लक्ष्य अनुसार खर्च हुन हरेक दिन कम्तीमा पनि रु. २ अर्ब ६२ करोड २२ लाख बराबर खर्च हुन पथ्र्यो ।
२०७६ साल फागुन २९ गते सम्म रु. ४ खर्ब ४८ अर्ब ९२ करोड ३१ लाख खर्च भएको छ । तर लक्ष्य अनुसार खर्च हुन उक्त अवधिमा रु. ६ खर्ब २६ अर्ब ७० करोड ४८ लाख खर्च हुनुपथ्र्यो । २०७६ साल फागुन २९ गते लक्ष्य भन्दा रु. १३ करोड १७ लाख कम खर्च भएको छ । यस आर्थिक वर्षका यी २३९ दिनमा अपेक्षित अनुमानित लक्ष्य भन्दा रु. १ खर्ब ७२ अर्ब १६ करोड ३५ लाख कम खर्च भएको छ ।
(ख) पुँजीगत खर्चः
पुँजीगत खर्च तर्फ भने फाल्गुण २९ गते निराशाजनक छ । २०७६ साल फागुन २९ गतेका दिन कुल रु ९८ करोड ६१ लाख खर्च भएको छ । जव कि लक्ष्य अनुसार खर्च हुन हरेक दिन कम्तीमा पनि रु. १ अर्ब ११ करोड ७८ लाख बराबर खर्च हुन पथ्र्यो ।
२०७६ साल फागुन २९ गते सम्म रु. ९४ अर्ब ९९ करोड ६५ लाख खर्च भएको छ । तर लक्ष्य अनुसार खर्च हुन उक्त अवधिमा रु. २ खर्ब ६७ अर्ब १६ करोड खर्च हुनुपथ्र्यो । २०७६ साल फागुन २९ गते लक्ष्य भन्दा रु. १३ करोड १७ लाख कम खर्च भएको छ । यस आर्थिक वर्षका यी २३९ दिनमा अनुमानित लक्ष्य भन्दा रु. १ खर्ब ७२ अर्ब १६ करोड ३५ लाख कम खर्च भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार