१४ औं टोयोटा ड्रिमकार आर्ट कन्टेष्टका विजेताहरु घोषणा
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार १९:३६:७
१ चैत्र, काठमाडौं । युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (टोयोटा) ले १४ औं टोयोटा ड्रिमकार आर्ट कन्टेष्टका भाग्यशाली विजेताहरुको नामावली घोषणा गरेको छ । १३ मार्च , २०२० मा भोईथ कम्प्लेक्समा आयोजना गरिएको उक्त समारोहमा विजेताहरुलाई पुरस्कार र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो ।
डिसेम्बर २०१९ देखि फेबु्अरी २०२० सम्म संचालन भएको यस कला प्रतियोगितामा ३० वटा विभिन्न विद्यालयहरुबाट एक हजारभन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । प्रविष्टिहरुमध्ये प्रत्येक प्रविष्टि कोटीका शीर्ष ३ कलाकृतिहरु विजेताको रुपमा चयन गरिएको थियो , जुन जापानमा आयोजना गरिने वल्र्ड कन्टेष्ट २०२१ का लागि नेपालको प्रतिनिधित्व गर्दै प्रवेश गर्न सफल भएका थिए ।
उक्त प्रतियोगिताले विश्वका हरेक कुनामा रहेका बालबालिकाहरुलाई गतिशीलताको भविश्यप्रति उनीहरुको विचारधारा उनीहरुको ड्रिमकारका चित्रहरुमार्फत् साझा गर्नका लागि आमन्त्रण गर्दछ । हरेक महान् विचार सपनाको झलकबाट पैदा भएका कारण यस क्रियाकलापले पनि आउँदो पुस्ताका महान् आविष्कारक, चिन्तक र कल्पनाशील व्यक्तिहरुको रचनात्मकता उजागर गर्दछ भन्ने कुरामा टोयोटा निकै आशावादी रहेको जनाएको छ ।
सन् २००४ देखि संचालन हुँदै आएको यस कला प्रतियोगिता टोयोटाको सामाजिक योगदानको एक प्रमुख हिस्साका रुपमा झल्किँदै आएको छ , र सन् २०१९मा मात्र विश्वभरका ८६ मुलुक र क्षेत्रहरुबाट ९५०,००० प्रविष्टिहरु आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
चारवटा संसदीय समितिको बैठक बस्दै
बैशाख २१, २०८१ शुक्रबार
राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित
बैशाख २१, २०८१ शुक्रबार
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट
बैशाख २१, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २१, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
बैशाख २१, २०८१ शुक्रबार
आज विश्व प्रेस स्वतन्त्रता दिवस
बैशाख २१, २०८१ शुक्रबार