कर्णाली प्रदेश सरकारको बजेट निराशाजनक, खर्च ११ प्रतिशत मात्रै
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार २३:४८:१६
४ चैत, काठमाडौं । अघिल्ला वर्षझैं यस वर्ष पनि कर्णाली प्रदेश सरकारको बजेट खर्च निराशाजनक रहेको पाइएको छ । आर्थिक वर्षको ८ महिना बितिसक्दासमेत पुँजीगत र चालूतर्फ गरी औसतमा १०.८९ प्रतिशत बजेट खर्च भएको तथ्याङ्कले जनाएको छ ।
कर्णालीमा भौगोलिक विकटताका साथै समयमै कार्यालय तथा कर्मचारी व्यवस्थापन हुन नसक्दा बजेट खर्च सन्तोषजनक हुन नसकेको बताइएको छ । कूल बजेट रु ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारमध्ये हालसम्म रु ३ अर्ब ७४ करोड ३४ लाख ३ हजार मात्र खर्च भएको छ । जसमध्ये विकास बजेट अर्थात पुँजीगत खर्च रु १ अर्ब ६२ करोड ४६ लाख ७ हजार रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । लेखा नियन्त्रक मानबहादुर बमका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म चालूतर्फ १६.२२ तथा पुँजीगततर्फ ७.६३ प्रतिशत बजेट खर्च भएको छ । औसतमा १०.८९ प्रतिशत बजेट खर्च हुन पुगेको छ ।
प्रदेश सरकार सञ्चालनको शुरु वर्ष २०७४÷७५ मा ७ प्रतिशत मात्र बजेट खर्च भएको थियो । उक्त आर्थिक वर्षको कूल बजेट रु १ अर्ब २ करोड ५ लाखमध्ये ७ करोड ५७ लाख ५२ हजार ३०४ खर्च भएको थियो । त्यस्तै, आव २०७५÷७६ को कूल बजेट रु २८ अर्ब २८ करोड २८ लाखमध्ये ९ अर्ब ९५ करोड ३३ लाख मात्र खर्च भयो । हालसम्म पुँजीगततर्फ सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गर्न सफल भएको छ । मन्त्रालयले यस अवधिमा रु ९७ करोड ५९ लाख खर्च गरेको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यस वर्ष बजेट खर्च सन्तोषजनक हुने दाबी गरे । “अघिल्ला वर्षहरुमा प्रदेश सरकारका जिल्लास्तरमा संरचना नहुँदा चाहेर पनि बजेट खर्च हुन सकेको थिएन्,” उनले भने, “यस वर्ष समयमै संगठन व्यवस्थापन गरी जिल्ला–जिल्लामा कार्यालय स्थापना गरिसकेका छौँ, धमाधम बजेट कार्यान्वयन भइरहेको अवस्था छ ।” बजेट कार्यान्वयनकै चरणमा भएकाले यतिबेलै वित्तीय प्रगति नदेखिएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका सदस्यको सम्पती विवरण, अधिकांशको सम्पत्तीमा श्रीमती हावी
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार
नारायणकाजीको सम्पत्ति एक लाख २२ हजार बैंकमा, गाडी प्रचण्डले दिएको
जेठ ८, २०८१ मंगलबार