भारु १० लाखसहित दुई जना भारतीय प्रहरीको नियन्त्रणमा
नेपालबहस संवाददाता
चैत ५, २०७६ बिहिबार ०:०:१३
५ चैत, मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–वीरगञ्ज सडकखण्डको स्थानीय राटोमाटेबाट प्रहरीले आज बिहान ५ बजे जाँच गर्ने क्रममा भारतीय नंको बोलेरो जीपसहित दुई भारतीयलाई नियन्त्रणमा लिएको छ ।
अभियुक्तका साथबाट भारु नौ लाख ९९ हजारसहित हिरासतमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको थियो ।
पक्राउ पर्नेमा भारत बैरातपुरको पैरोसव बस्ने ३१ वर्षीय विजय चौधरी र भारत नहेटीको ग्राम पञ्चायत माउतपुर बस्ने ३८ वर्षीय शङ्कर सरकार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरु दुवैलाई पश्चिमबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा डब्लुबी २३ ई २३३३ नंको भारतीय बोलेरो जीपलाई हेटौँडा–१५ रातोमाटेबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले बताएका छन् । प्रहरीका अनुसार दुवैलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउन लागिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
प्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार