मन्थली मा.वि. शैक्षिक अवलोकनको केन्द्र बन्दै
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार १५:१२:१८
प्रकाश परिष्कार
७ चैत, रामेछाप । मन्थली माध्यमिक विद्यालय शैक्षिक अवलोकनको केन्द्र बन्दै गएको छ । जिल्लामा रहेका अन्य भन्दा विविध कोणबाट केन्द्रमा रहेको यस मन्थली मा.वि नमुनाका लागि आफूलाई तयार गर्दै गरेको विद्यालयका रुपमासमेत पर्दछ । जिल्ला सदरमुकाममा रहेको भएर पनि हरेक दृष्टिकोणबाट सबैको नजरमा पर्ने विद्यालय पनि हो ।
यसै बीच नुवाकोट तारकेश्वर गाउँपालिका क्षेत्र भित्रका ३८ वटा सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकसहित गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुले गत शुक्रबार यस विद्यालयको अवलोकन भ्रमण गरेका हुन् । गाउँपालिका प्रमुख रमेशबहादुर वस्ती र उपप्रमुख तारादेवी रिमालको संयुक्त नेतृत्वमा निस्किएको भ्रमणदलले बुधबारदेखि शुक्रबारसम्म सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका विभिन्न विद्यालयहरुको अवलोकन भ्रमण गरेको बताएको छ ।
शुक्रबार बिहान मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयको मिडियाहलमा एक कार्यक्रमको आयोजना गर्दै आगन्तुक पाहुनाहरुलाई आफ्नो विद्यालयको भौतिक, शैक्षिक तथा प्रशासनिक पक्षहरुको बारेमा जानकारी गराइएको प्रधानाध्यापक टंकप्रसाद दाहालले जानकारी दिएका छन् । विभिन्न स्थानका विद्यालयहरु आफ्नो विद्यालयमा केही सिक्ने अभिप्रायले आउने हुँदा आगामी दिनमा विद्यालयका हरेक पक्षहरुको अझ विकास गर्दै लैजानुपर्ने चुनौतिहरु थपिएको आफूहरुलाई महसुस भइरहेको दाहालले प्रतिक्रिया दिए ।
सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका विभिन्न विद्यालयहरु अवलोकन गरिसकेपछि आफूहरुलाई पनि केही सिकाई भएको बताउँदै भ्रमणदलका नेता तथा तारकेश्वर गाउँपालिका नुवाकोटका अध्यक्ष रमेशबहादुर वस्तीले बताएका छन् । ‘तीनवटा जिल्लाको भ्रमणगरिसक्दा आफ्नो गाउँपालिकाका विद्यालयहरुमा कस्तो सुधार ल्याउने तर्फ सोच्नुभएको छ ?’ भन्ने जिज्ञासामा गा.पा प्रमुख वस्तीले भने, ‘हाम्रोमा पनि केही नै नभएको भन्ने त होइन, तर यहाँ भन्दा केही कमी मेरो गाउँपालिकाका विद्यालयहरुमा छ नै ।
यसै पनि गाउँमा भएको विद्यालय र शहरोन्मुख बजारमा भएको यो जस्तो विद्यालयमा त एकरुपता आउँदैनन नै । जे भएपनि मन्थली माविले मलाई र मेरो दलका हरेक भ्रमण सदस्यहरुलाई पनि केही नयाँ महसुस भएको छ । यहाँको शिक्षाको पद्धति र शिक्षामा यहाँ गरिएका प्राथमिकीकरणहरु सिको गर्न लाएक भएको पाएँ । यहाँबाट हामी फर्किएपछि शिक्षकहरुलाई विद्यार्थी केन्द्रीत सिकाई उपलब्धी निकाल्नका लागि अग्रसरता लिन लगाउने छु ।’
आफूले मात्रै केही गर्ने भन्दा पनि विद्यार्थीको शैक्षिक स्तर वृद्धि हुनेगरी आगामी दिनबाट विद्यालयमा प्रवेश गर्नका लागि आपूmहरुले बाटो बनाइदिने र त्यसमा शिक्षकहरुलाई जिम्मेवारीपूर्वक हिँडाउन आफू लागिपर्ने उनले बताए ।
मन्थली माविको मिडियाहलमा कार्यक्रम भइरहँदा भ्रमणदलका सबैजसो शिक्षकहरु मन्थली माविका गतिविधि र नरप्रमुख रमेश बस्नेतले बोलेका शिक्षा सुधारका विषयहरु ध्यानदिएर सुनिरहेका थिए । अन्य जिल्लामा रहेका विद्यालयहरु र मन्थली माविमा निकै पृथकता पाएको र आफूले यस विद्यालयलाई अझ सुधारका लागि सुझाव दिन सक्ने ठाउँ नरहेको बताउँछिन् तरकेश्वर गाउँपालिकाकी उपप्रमुख तारादेवी रिमाल ।
‘तीन दिनको भ्रमणबाट पालिका फर्किएपछि यहाँ आउनुभएका हरेक प्रधानाध्यापकहरुले आफ्नोे विद्यालय सुधारका लागि प्रतिवद्ध भएर लाग्ने अवस्था कस्तो देख्नुहुन्छ ? भन्ने जिज्ञासामा उपप्रमुख तारादेवी रिमाल भन्छिन्, ‘यहाँबाट धेरै कुरा सिकिएको छ । आफ्नो पालिकाको शिक्षा सुधारमा यस्ताखाले सिकाईहरुले अझ हौैसला मिल्न सक्छ । तसर्थ यहाँ आउनुभएका शिक्षक साथीहरुलाई भ्रमणमा सिकेका हरेक विषयहरुलाई व्यवहारमा उतार्ने वातावरणा गाउँपालिकाले निर्माण गर्नेछ । उहाँहरुले आ आपनो विद्यालयमा शिक्षाको सुधारमा लाग्नुहुनेछ भन्ने मलाई विश्वास छ ।’
विद्यालय केन्द्रभन्दा टाढाको भौगोलिक दूरीमा रहेको श्री कृष्ण माविका प्रधानाध्यापक रामकृष्ण अधिकारी आफ्नो विद्यालयमा किताबमा केन्द्रीत भएर पढाउने मात्रै भन्दा पनि किताबी सिपलाई मूर्त व्यवहारमासमेत उतार्ने प्रतिक्रिया दिन्छन् भने गाउँपालिका केन्द्रमा नै रहेका अर्का शिक्षक अजयकुमार शाह आफ्ना बालकक्षाहरुलाई दोलखाको जिरीमा भएको विद्यालय जस्तोे बालकक्षाहरुमा खेल र संगीतको माध्यमबाट पढाउन सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्छन् । भ्रमणदलको सोेही दिन नुवाकोट फर्कने कार्यक्रम रहेको थियो ।
(लेखक मालश्री साप्ताहिक, रामेछापका सम्पादक हुन् ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
घरघरमा खानेपानीको धारा पुर्याउन सोलार लिफ्टिङ
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सेती नदीको किनारमा बनाइएको सडक
जेठ ३, २०८१ बिहिबार
बिक्रीका लागि राखिएको उखु
जेठ ३, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
ओली र प्रचण्डपछि सभामुखले थाले सचेतकसँग छलफल, संसद ढिला सुरु हुने
जेठ ३, २०८१ बिहिबार