गैरआवासीय नेपालीले गोरखामा साढे चार मेगावाटको जलविद्युत् निर्माण गर्ने
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार २२:५१:३
७ चैत, काठमाडौं । गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । कूल ४.५५ मेगावाट क्षमताको सो आयोजनामा मलेसियामा लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका गैरआवासीय नेपालीले लगानी गर्न लागेका हुन् ।
कूल रु ८१ करोड ६५ लाख लागत रहेको सो आयोजनामा स्वपूँजीका रुपमा लगानीकर्ताले रु ३२ करोड ६५ लाख लगानी गर्ने भएका छन् । यस्तै आयोजनालाई सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले रु ४८ करोड ९९ लाख लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । स्वपूँजी र ऋण लगानीको मात्रा ४० र ६० प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । कम्पनीले दिएको जानकारीअनुसार सम्झौतापत्रमा विकास हाइड्रोपावरका तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे ।
प्रवद्र्धक विकास हाइड्रोपावरका अध्यक्ष न्यौपानले साना आयोजनाबाट निर्माण शुरु गरेर ठूलो आयोजनामा जाने सोचका साथ आफूहरु जलविद्युत् आयोजनामा हात हालेको बताउछन् । नेपाल विद्युत् प्राधिकरणसँग वर्षाकालमा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भइसकेको छ । आगामी विसं २०८० साल असारमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण शुरु भइसकेको जानकारी दिँदै प्रवद्र्धक कम्पनीले भने २०७८ असार भित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
“जतिसक्दो चाँडो आयोजना निर्माण सम्पन्न भयो, त्यत्ति नै हाम्रा लागि राम्रो हुने भएकाले सोहीअनुसार नै काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ”, अध्यक्ष न्यौपानेले भने । आयोजनाबाट उत्पादित विद्युत् कूल ३३ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत प्राधिकरणको सल्यानटार सवस्टशेनमा जोड्ने लक्ष्य राखिएको छ । आयोजनाले वार्षिक कूल २८.१८ गिगावाट ऊर्जा उत्पादन गर्नेछ ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सानो आयोजना भए पनि आकर्षक रहेकाले बैंकले लगानी गरेको बताए । उनका अनुसार वाणिज्य बैंकले मात्रै हालसम्म ऊर्जा क्षेत्रमा कूल रु १० अर्ब लगानी गरिसकेको जानकारी दिँदै केही महत्वपूर्ण आयोजना पाइप लाइनमा रहेको बताए ।
“ऊर्जा क्षेत्रका केही लगानी तितो भए पनि धेरै लगानी मीठो र सकारात्मक रहेको छ । हामी उच्च प्रतिफल दिने र आकर्षक आयोजनामा दिल खोलेर लगानी गर्न सक्ने अवस्थामा पुगेका छौँ”, उनले भने । बैंकले आर्थिक वर्ष २०७५÷७६ मा मात्रै कूल रु पाँच अर्ब चार करोड मुनाफा गरेकाले पनि थप आयोजना अगाडि बढाउन कुनै समस्या नरहेको उनको भनाइ छ । भौगोलिकरुपमा पनि आयोजना निर्माण स्थल सहज रहेको उल्लेख गर्दै आयोजनाले हिउँदमा समेत उच्च प्रतिफल दिने प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार