घुस लिएको र शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
नेपालबहस संवाददाता
चैत ७, २०७६ शनिबार ०:७:४२
७ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलबारी नगरपालिका–२ को कार्यालय बाहिर लेखापढी व्यवसायी तीर्थराज गिरीविरुद्ध रु छ लाख घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीमाथि सेवाग्राहीको नागरिकताको प्रमाणपत्रमा भारतीय सेनामा कार्यरत रहेको कागजातअनुसार नाम र जन्म मिति सच्याउन खर्च लाग्छ भनी रु छ लाख घुस लिएको अभियोग लागेको छ । सो कार्यमा संलग्न जिल्ला प्रशासन कार्यालय मोरङका खरिदार टेकबहादुर श्रेष्ठलाई रु एक लाख घुस दिएको पाइएको छ । आयोगले गिरी र श्रेष्ठलाई बिगो असुल गरी कारवाहीको माग गरेको छ ।
यस्तै आयोगले साझापुर उच्च मावि मेघौली चितवनमा राहत दरबन्दीमा कार्यरत शिक्षक नारायण शर्मा र नेपाल विद्युत प्राधिकरण जलेश्वर महोत्तरीका तत्कालीन सुपरभाइजर महन्थ मण्डलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसैगरी आयोगले उच्च सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादवले ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।
त्यस्तै आयोगले माध्यमिक विद्यालय लगडी गदियानीका शिक्षक रामनारायण यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा मुद्दा दायर गरेको छ । नेपाल विद्युत् प्राधिकरणका ग्रिड महाशाखा चौकीटोल हेटौँडामा कार्यरत लोकनाथ खनालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै मुद्दा दायर गरेको छ ।
सोही कार्यालयमा कार्यरत इलेक्ट्रिसियन शङ्करबहादुर तामाङ, भानु नगरपालिका तनहुँमा कार्यरत कार्यालय सहयोगी हेलन गुरुङ र सूर्योदय उच्च मावि हुम्लामा कार्यरत शिक्षक जितेन्द्रकुमार झाको पनि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै आयोगले मुद्दा दायर गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार