हिन्दू धर्म संस्कारले जोगाएर राखेको कुराहरु
नेपालबहस संवाददाता
चैत ११, २०७६ मंगलबार १२:५४:४९
◊ यज्ञप्रसाद भट्टराई
११ चैत्र, काठमाडौं । विश्व ब्रम्हाण्डमा भएका बिभिन्न चिजहरुलाई यदि कसैले फेहरिस्त बर्णन गरेको छ भने त्यो हो पूविय दर्शन बेद, पुराण र उपनिसद्हरुले । कुनै पनि धर्म शास्त्रमा यसरी मानव, जिवजन्तु, किटपतङ्ग, प्रकृति, जल वायू, लगायतका बिषयमा यति स्पष्ट रुपमा ब्याख्या भएको पाईदैन । धर्म संस्कार र संस्कृतिहरु मानवद्धारा मानवकालागि मानवलेनै बनाएका हुन भन्ने कुरा भन्दा माथि उठेर हिन्दू धर्म, संस्कार र परम्पराले सिंगो विश्व ब्रम्हाण्डलाई समेटेको देखिन्छ ।
मानवलाई सुरक्षित राख्न, सक्षम राख्न, अनुसासित राख्न, मर्यादित राख्न हिन्दूधर्मले बनाएका वा अंगिकार गरेका बिधिहरुले अझै पनि सकारात्मक सन्देश दिईरहेका छन् । हाम्रो हिन्दू धर्मको परम्परा अनुसार बिहानै उठेर नुहाई धुवाई गर्नु पर्ने, खाना पकाउँदा र खाँदा अलग्गै कपडा प्रयोग गर्नु पर्ने, त्यसमा पनि सफा, सेता कपडा लगाउनु पर्ने, लगाएको कपडा तुरुन्त धुनु पर्ने, जस्ता नियमहरु रहेको हिन्दूधर्मलाई पखाल्ने हरुले अहिले यथार्थताको महशुस गर्दैछन् । दिमागमा सामन्तबाद, मुखमा माक्र्सबाद, ब्यवहारमा नकारात्मक सोच, एक हातमा राईफल र अर्को हातमा बाईबल बोकेर शहर र जंगल हिडनेहरुले फैलाउन खोजेको हिन्दू धर्म बिरोधी अभियानले समेत अहिले आएर कुनै सकारात्मक प्रतिफल निकाल्न भने नसकेको देखिन्छ ।
हाम्रो पूर्विय दर्शनले भनेका कतिपय कुराहरु अहिले हाम्रो जीवनमा पनि उत्तिकै सार्थक र अनुकरणीय रहेका छन् । हामीले हिजोका सनातन देखि मान्दै आएका परम्पराहरुलाई आधुनिकताको नाममा बिर्सदै जादाको परिणाम पनि अहिले नेपालमा बिभिन्न परजीवि रोगहरुको सिकार हुनु परिरहेको छ । विश्वका अन्य कतिपय मुलुकहरुमा यस अघि पनि कैयौ पटक यस्ता महामारीहरु नआएका होईनन् तर हाम्रो मुलुकमा यस्ता डरलाग्दा रोगहरुको प्रवेशमा हाम्रै पूर्वजहरुको प्राकृतिक बिज्ञानले काम गरेको देखिन्छ ।
औषधिजन्य हजारौ बनस्पतिहरुको सहि र उचित उपयोग गर्न सके हामी अहिले पनि सुरक्षित छौ र भोलिका बर्षौ बर्षसम्म पनि सुरक्षित रहन सक्छौ । यसको सकारात्मक सन्देश अब विश्व भरी फैलाउन जरुरी छ । विश्वको ध्यान नेपालको औषधिजन्य बनस्पतिको भरपुर उपयोग गराउनमा लगाउन जरुरी छ । यसले नेपालको आर्थिक अवस्था सुधार हुनुका साथै सिंगो विश्वले यसबाट राहत पाउन सक्छन् ।
हिन्दू धर्म संस्कारले अंगिकार गरेका कतिपय प्रथाहरुलाई अहिले अन्य देशहरुले पनि अनुसरण गर्न थालेको देखिन्छ । मानिस मरे पछि लाश जलाउनु पर्ने हिन्दू परम्परामा पनि विश्व समुदायको ध्यान आकर्षित हुन थालेको छ । यसले मृतकको शरिरमा रहेका रोगका जिवाणूहरु समेत नष्ट भएर जाने हँुदा यसमा बैज्ञानिक सत्यता रहेको कुरालाई पुष्टि गर्दै चाईनाले पनि मृत शरिरलाई जलाउने प्रकृया अगाडि बढाउन लागेको समाचारहरु बजारमा आउन थालेका छन् । पश्चिमा मुलुकहरुले समेत हिन्दू धर्मले पूजा गर्दै आएका तुलसी, पिपल र अन्य बनस्पतिहरुमा औषधिको प्रचुरता रहेको कुरा पुष्टि गरिरहेको छ । यसले पनि हिन्दू धर्म र यसले अंगिकार गरिरहेको परम्पराहरुलाई बैज्ञानिक र अति आवश्यक गर्नै पर्ने कुराहरु हुन भनेर सजिलै भन्न सकिन्छ ।
मानव जातिले समय समयमा आफु ठूलो हुँ भन्ने देखाउन हुने गरेका युद्धहरुमा हुने गरेको ठूलो धनराशिको खर्च पनि समय समयमा आउने यस्ता प्राकृतिक बिपत्तिमा काम नलाग्ने देखिएको छ । विश्वले यस अघिका युद्धहरु मानवका बिरुद्ध मानवनै लागेर लड्यो । यसमा पनि मानवीय क्षतिको कहालिलाग्दो अवस्था थियो । यसलाई मानवले चाहे रोक्न सक्थ्यो । तर अहिलेको विश्व मानवका लागि मानवले नभई प्राकृतिक बिपत्तिका रुपमा देखिएको भाईरसका बिरुद्ध मानवले लडाई लडनु पर्ने अवस्था सृजना हुदैछ । विश्वले आणविक प्ररिक्षणमा गरेको हजारौ अरब डलरको लगानी भन्दा भाईरसबाट बच्ने औषधि उपचारमा खर्च गर्नु पर्ने अवस्था आएको देखिन्छ ।
अबको विश्वमा यस्ता संक्रमण तथा भाईरससँग एकताबद्ध भएर लडनु पर्ने देखिन्छ । शक्तिशाली या धनि र कमजोर या गरीव राष्ट्र भन्ने साँघुरो सोचबाट सिंगो संसार एक घर, हामी सबै एकै घरका बासिन्दाको रुपमा लिदै सिंगो विश्वलाई भाईचारा र मानव हितमा काम गर्न एक हुनुपर्ने बेला आएको छ । यसले विश्वब्यापी रुपमा टुक्रिदै गएको मानवीय सम्बन्ध र मानवीय ब्यवहारहरुलाई समेत एक ठाउँमा ल्याउन सहज हुनसक्छ ।
अवको विश्वले खतरनाक हतियारहरु बनाउने खर्च तथा त्यस्ता अनुसन्धान र अन्वेषण गर्ने खर्चलाई नागरिकको स्वास्थ्यमा सहयोग पुर्याउने औषधि उत्पादन, बितरण र अनुसन्धानमा गर्नु आवश्यक छ । नरसंहार गर्ने डरलाग्दा हतियारहरुले समेत सामान्य प्राकृतिक प्रकोपलाई रोक्न सक्दैन भन्ने कुरालाई विश्वका शक्ति राष्ट्रिहरुले आत्मसात गर्न सके पनि विश्वमा दिगो शान्ति स्थापना गर्न मद्धत मिल्न सक्छ ।
आवश्यकता भन्दा बढी हातहतियारहरुमा र लडाकु बिमानहरुमा लगानी गर्ने खर्चले संसार भरी रहेका मानिसहरुलाई दुई छाक खाना र न्यूनतम औषधिमुलोको ब्यवस्था मिलाउन सकिन्छ । यस्तै प्रकारका संक्रमणहरुले मानव जिवनमा प्रहार गरिरहने आगामी दिनहरुमा विश्वमा कोरोनाभन्दा घातक र डरलाग्दा भाईरसहरुको सामना सिंगो मानव समुदायले गर्नु पर्ने हुन्छ । त्यसैले अवको विश्वको ध्यान सिंगो मानव जातिको संरक्षणमा जानु पर्दछ ।
विश्वब्यापी रुपमा यस्ता भाईरसहरु छिटो छिटो रुपमा देखा पर्दै जाने हो भने आगामी दिनमा शक्तिराष्ट्रहरुको आणविक युद्धहरु बिस्तारै गौण हुँदै जानेछन् र सिंगो विश्व भाईरस रुपी महामारिसँगको युद्धमा एक भएर लडनु पर्ने दिन आउन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूचना प्रविधि क्षेत्रका प्रगति र चुनौती
बैशाख २०, २०८१ बिहिबार
सूचना तथा सञ्चार प्रविधि दिवस प्रविधिबाट प्रभावित बन्दै ‘सन्देश’ निर्माणको प्रक्रिया
बैशाख २०, २०८१ बिहिबार
लगानी सम्मेलन र लगानी वातावरण निर्माण
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य
बैशाख २०, २०८१ बिहिबार
मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री भेट्न सिंहदरवार पुगे अध्यक्ष ओली
बैशाख २०, २०८१ बिहिबार
तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
डिजिटल हुण्डीमा १० करोडमाथि कारोबार गर्नेलाई गुपचुपमा अदालत
बैशाख २०, २०८१ बिहिबार
नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट
बैशाख २०, २०८१ बिहिबार
जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट, दर्जनौं पशुचौपाया हताहत
बैशाख २०, २०८१ बिहिबार