कोरोना त्रासका बीच के हाेला अर्थतन्त्रको आगामी बाटो ?
नेपालबहस संवाददाता
चैत ११, २०७६ मंगलबार २३:३२:२९
११ चैत्र, काठमाडौं । भोलिका दिनमा मानववस्ती समाप्त पनि हुनसक्छ । संसारभरी रोग, भोकमरी, महामारी, सुनामी, भुकम्प, बाढीपहिरो, हुरीबतास आदिको कहालीलाग्दो अवस्था पनि सृजना हुनसक्छ । अहिले सिङ्गो मानव त्राहीमाम भैरहेको वर्तमान अवस्थामा हामीले लिएका सामान्य सावधानीहरुले पनि भोलिको मानवजातिको संरक्षणमा कोषेढुंगा सावित हुनसक्छ ।
हेर्दा र सुन्दा सामान्य जस्तो लागेपनि अहिले देखिएको कोरोना नामको भाईरसका कारण यसले विश्वका शक्तिशाली राष्ट्रहरुलाई समेत नराम्रो गरि थर्काइरहेको छ । सिङ्गो मानववस्ती यहि रोगका कारण डराएर घरभित्रै बस्नुपर्ने अवस्था सिर्जना हुँदैछ । मान्छेदेखि मान्छे डराउनु पर्ने अवस्था सिर्जना हुदैछ । यसले कति समय लिने हो ? यसले तत्काल कस्तो असर देखाईरहेको छ ? अझ भविष्यमा कल्पना गर्नपनि नसकिने कस्तो खण्डहर सिर्जना होला ? विश्व मानव सुरक्षाका लागि विज्ञानले औषधि पत्ता लगाउला या नलगाउला ? औषधि पत्ता लागिहाल्यो भनेपनि औषधि किन्नसक्ने क्षमता आर्थिक रुपले सम्पन्नले मात्र सक्ने हुन या विश्वले सिङ्गो मानवजीवन रक्षाका लागि निशुल्क रुपमा प्रदान गरिने हो ? सिङ्गो मानव समुदायले कुन आशामा आफ्ना आउँदा दिन बिताउलान ? भन्ने यावत कुराहरु दिमागमा बारम्बार आईरहन्छन् । तर अहिलेसम्मको नेपालको अवस्था हेर्दा लाग्छ, योपनि आम नेपालीले झर्ला र खाँउला भन्दा अर्को कुनै अवसर देखिन्छ र ?
रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु अति उत्तम कार्य हो । यसका लागि सरकारले पनि चरणबद्ध रुपमा विभिन्न रोकथामका उपायहरु गर्दै आईरहेको छ । विश्वले रोगसँग जुध्न अपनाएका उपायहरुलाई नेपालले पनि अनुशरण गर्दैछ, गर्नुपनि पर्दछ । यसैको परिष्कृत रुपमा सरकारले आजदेखि एकहप्तासम्मका लागि सिङ्गो मुलुकभर लकडाउन गरेको छ । यस अघिदेखि विभिन्न चरणमा क्रमश बन्द गर्दै आईएको दुई देशबीचका सिमानाहरु पुर्णरुपमा बन्द गरिएका छन् । मानव आवतजावतमा पुर्णरुपमा बन्देज तथा रोक लगाईएको छ । घरबाहिर ननिस्कन देशभरिका सम्पुर्ण नागरिकलाई आव्हान गरिएको छ । यसको पालनामा कही कसैले पनि कन्जुस्याइँ गर्नु हुदैन । सरकारले लिएका हरकदमहरु आफ्ना नागरिकका सुरक्षाका लागि अभिप्रेरित भएको महशुस आम नागरिकले गर्न पाउनु पर्छ ।
आज फेरि सम्पुर्ण नेपालीले एकपटक सिङ्गो विश्वलाई आपदविपदमा नेपालीको धैर्यता, साहस, आँट र हिम्मतको उदाहरण पनि दिनुछ कि नेपालीहरुले जस्तोसुकै कठिन परिस्थितिमा पनि एकसाथ जुटेर सामना गर्न सक्षम छन् भन्ने । विश्वब्यापी महामारीबाट सरकारले आफ्ना नागरिकलाई बचाउनु पनि छ ।
अहिले सामाजिक सञ्जालमा आउने गरेका डरलाग्दा चित्रसहितका कोराना भाईरसका समाचारहरुले जन्मदैदेखि मोवाइलमा झुन्डिएर बस्ने बालबालिकाहरुलाई नकारात्मक असर पुर्याउन सक्ने संभावना बढेर गएको देखिन्छ । घरपरिवारमा कुरा गर्दा होस् या मोवाइलमा एकआपसमा कुरा गर्दा सुनिने सांकेतिक या यथार्थ कुराकानीबाट बिद्यालय जाने उमेरका सानासाना बालबालिकाहरुलाई मनोवैज्ञानिक असर पर्नसक्छ । त्यसैले यदि बालबालिकाहरु नजिकै छन् भने बिर्सिएर पनि यस्ता डर, त्रास र बाल मनोविज्ञानमा असर पार्ने कुराहरु गर्दै नगरौं । सामाजिक सञ्जालमा पनि सकभर बालबालिकाहरुलाई असर पर्ने श्रव्यदृष्य र पठनीय सामाग्रीहरु प्रयोग नगरौ भन्ने मेरो व्यक्तिगत अनुरोध हो ।
अहिले जनताको व्यापक दवाव र आम नागरिकको मागप्रति सरकारको ध्यान गएको देखिन्छ । केही समय रोगलाई नजिक आउन नदिने या एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्न नदिने यो एउटा तरिका हुनसक्छ । यदि भोलिका दिनमा देशमा लकडाउनको समयसीमा बढाउनु पर्यो भने, श्रमजीवी वर्ग, बालक, बृद्धा, अशक्त नागरिकका लागि राज्यले प्याकेजमा राहत कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।
लामो समयको लकडाउनले मुलुकको सिङ्गो अर्थतन्त्र धरासायी बन्न सक्छ । यस्तो अवस्थामा देशलाई समस्याबाट बाहिर ल्याउने एकमात्र आशा सरकारमा रहेको हुन्छ । यस्तो अवस्थामा व्यापार, व्यवसाय, उद्योग, बैंक, बित्तीय संस्था, सार्वजनिक संस्थान, लगायतलाई कसरी व्यवस्थापन गर्ने हो ? राजस्व संकलनमा आउने कमीलाई समेत समन्वयात्मक रुपमा लिएर अगाडि बढन आम नागरिकको तर्फबाट सरकारलाई हार्दिक अपिल गर्दछु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २०, २०८१ बिहिबार
चेन्नईलाई ७ विकेटले हराउँदै पञ्जाव विजयी
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
आजको मौसम : तराईमा हावाहुरी, पहाडमा हल्का वर्षा
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज 'ए' विरुद्ध आज सिरिजको चौथो खेल खेल्दै नेपाल
बैशाख २०, २०८१ बिहिबार
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
बैशाख २०, २०८१ बिहिबार