नेपालमा तेस्रो संक्रमित फेला परे
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार १९:५:२०
१२ चैत्र, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा संक्रमित थप एकजना फेला परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ । अस्पतालले औपचारिक रुपमा जानकारी नदिएपनि एकजना चिकित्सकले यसको पुष्टी गरेका छन् ।
प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले सञ्चारकर्मीहरुलाई दिएको जानकारी अनुसार, आज बुधबार थप एकजनामा कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको हो । ती संक्रमितलाई आइसोलेसनमा राखेर उपचार भइरहेको पनि उनले बताए ।
तर तेस्रो व्यक्तिको पहिचान भने खुलाइएको छैन । यही चैत ४ मा फ्रान्सबाट आएकी एक युवतीमा समेत कोरोना संक्रमण पत्ता लागेको थियो । यसअघि दुई महिना अगाडि पनि चीनको बुहानबाट आएका एक नेपाली विद्यार्थीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको थियो ।
अहिले उनी निको भइसकेका छन् भने फ्रान्सबाट आएकी युवतीको उपचार भईरहेको छ । उनको अवस्था सुधारउन्मुख रहेको अस्पतालले जनाएको छ । पछिल्लो पटक भेटिएका तेस्रो संक्रमितबारे अस्पतालले धेरै जानकारी दिईसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सेती नदीको किनारमा बनाइएको सडक
जेठ ३, २०८१ बिहिबार
बिक्रीका लागि राखिएको उखु
जेठ ३, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
ओली र प्रचण्डपछि सभामुखले थाले सचेतकसँग छलफल, संसद ढिला सुरु हुने
जेठ ३, २०८१ बिहिबार
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
जेठ ३, २०८१ बिहिबार