प्रधानमन्त्री ओलीलाई गगनको खुलापत्र
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार २१:१:२६
१२ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन परीक्षणको दायरा बढाउनुपर्ने भन्दै प्रधानमन्त्री केपी ओलीलाई खुलापत्र संप्रेषण गरेका छन् ।
संक्रमण फैलिएपछि स्वदेश भित्रिएका सबैको कोरोना परीक्षण नगरी ढुक्क हुने अवस्था नरहेको स्पष्ट गर्दै नेता थापाले भनेका छन्– थोरै मानिसमा मात्र पोजेटिभ देखियो भनेर खुशी नहाऔं, जति धेरैमा परीक्षण हुन्छ त्यति नै बढी स्पष्ट हुन सकिन्छ । खासगरी केही दिनयता भारतीय नाकाबाट भित्रिएकाहरुको स्वास्थ्य परीक्षण नगरेकोमा सरकारको लापरवाही डरलाग्दो हुने चेतावनी दिंदै थापाले भनेका छन– समयमै सचेत भइएन भने भयावह स्थिति पनि आउन सक्छ, प्रधानमन्त्रीज्यू, ध्यान पुगोस् ।
यस्तै लापरवाही ढंगले काम गरियो भने अहिलेको महासंकटसँग जुध्न कठिन छ भन्दै थापाले लेखेको खुलापत्रमा भनिएको छ– यतिको तयारीले मात्रै हामी कोरोना विरुद्ध लड्न सक्नेवाला छैनौं । पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका नेता थापाले कोरोनाविरुद्धको महासंग्राममा आफ्नो पार्टी र व्यक्तिगत रुपमा सहयोग र समर्थन रहने पनि स्पष्ट पारेका छन् ।सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विदेशबाट आएकाहरुको राम्रो परीक्षण र क्वारेण्टाइन नै हो भन्दै थापाले सरकारले पर्याप्त मात्रामा चिकित्सीय सामग्रीको व्यवस्था गर्नुपर्ने भन्दै सबै चिकित्सकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने सुझाव समेत दिएका छन् ।
सरकारले शंकास्पद बिरामी खोज्ने प्रभावकारी रणनीति नबनाएसम्म ढुक्क हुने अवस्था नरहेको भन्दै फ्रि क्लिनिक, आइसोलेसन वार्ड, कोरोना अस्पताल स्थापना र तोकिएका अस्पतालमा आईसीयूको उचित व्यवस्था गर्नुपर्नेमा नेता थापाले जोड दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने
जेठ ३, २०८१ बिहिबार
प्रधानमन्त्रीले १ बजे बोलाए मन्त्रिपरिषदको नियमित बैठक
जेठ ३, २०८१ बिहिबार
रुसले आक्रमण बढाएपछि जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित
जेठ ३, २०८१ बिहिबार
मदन–जीवराज स्मृति दिवस आज मनाइँदै
जेठ ३, २०८१ बिहिबार
स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गर्ने नक्कली डाक्टरसहित २ जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
चितवनको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
जेठ ३, २०८१ बिहिबार