चीनले दिने कोरोना परीक्षण सामग्री शनिबार नेपाल भित्रने
नेपालबहस संवाददाता
चैत १४, २०७६ शनिबार २:३४:३८
१४ चैत्र, मेलम्ची । चीनको बुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि बन्द नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी हुँदै कोरोना परीक्षणका लागि आवश्यक सामग्री शनिबार नेपाल भित्रने भएको छ ।
बिहीबार वा शुक्रबार आउने भनिए पनि प्राविधिक कारणवश अब शनिबार आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
रु १८ लाख जम्मा हुने
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले सात दिन बराबरको तलबको हुन आउने रकम रु छ लाख अन्ठाउन्न हजार आठ सय नौ र शिक्षकबाट तीन दिन बराबरको तलबको हुन आउने रकम रु एघार लाख चवालीस हजार एक सय एकतीस जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले जानकारी दिए ।
सवारी पासको दुरुपायोग गर्ने गाडी नियन्त्रणमा
सवारी पासको दुरुपयोग गरी यात्रु बोक्ने ल्यान्डकु्रजर गाडीलाई मेलम्ची प्रहरीले आज बिहान मेलम्चीबाट नियण्त्रणमा लिएको छ । काठमाडौंबाट पाँच पोखरी ,थाङ्पाल जाँदै गरेको उक्त गाडी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।
‘लकडाउन’ पूर्ण कार्यान्वयन
सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण रुपमा कार्यान्वयन भएको छ । ‘लकडाउन’को चौथो दिन आज बजार सुनसान छ । जिल्लाका सबै ठाउँमा सुरक्षाकर्मी परिचालन भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
चिया बगानको जग्गा आफूले बेचेर कांग्रेसमाथि आरोप लगाउन पाइन्छ ओली जी ?: देउवा
जेठ ३, २०८१ बिहिबार
यार्सागुम्बा संकलन गर्न जाँदै जुम्लाका स्थानीयवासी
जेठ ३, २०८१ बिहिबार
रारामा पर्यटकले प्लास्टिकजन्य फोहोर ल्याउन नपाउने
जेठ ३, २०८१ बिहिबार
इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्यो
जेठ ३, २०८१ बिहिबार