अझै गम्भीर बन सरकार
कुसुम सेञ्चुरी
चैत १५, २०७६ शनिबार १६:५:१
शनिबार विशेष,,,,,
♦ कुसुम विश्वकर्मा
१५ चैत्र, काठमाडौं । पिताजीको वार्षिकी गर्न दुई साताअघि अमेरिकाबाट नेपाल आएका एक दम्पती अहिले किकर्तव्यबिमूढ अवस्थामा छन् । कसैले अनुमान त के कल्पनासमेत नगरेको अवस्था आइलागेको छ । अप्रिल २ को उडान तालिका छ उनीहरुको फर्कनका लागि, तर जाने संभावना न्यून छ । स-साना बालबच्चा न्यूयोर्कमा छन् , आफूहरु यता – श्रीमती झुमा ओझाले भनिन् । श्रीमान् केदार ओझा अमेरिका गएको दुई दशक भयो । सपरिवार नै उतै छन् उनीहरु बालबच्चासहित । पिताजीको गतसाल नेपालमा निधन भएको थियो ।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै परीक्षण गरेकाले संक्रमितको संख्या बढी देखापरेको दावी गरेका छन् । जे भएपनि धेरै मानिस संक्रमित भएको चाहिं पुष्टी भएकै हो । त्यसैले अमेरिकालाई अबको ठूलो चुनौती बनेको छ यो महामारी ।
वार्षिकी गर्न आएका उनको अहिले बिजोग भएको छ । काठमाडौं आउने अवस्था समेत रहेन । पूर्वी नेपालको सुनसरीस्थित इटहरीमा उनीहरु बन्धक बनेका छन् । धन्न इन्टरनेट चाहिं चलेको छ ,केटाकेटीसँग बोल्नसम्म पाइएको छ – केदार भन्छन् । शरीर यहाँ छ, मन मस्तिष्क भने अमेरिकामा । कसरी र कहिले पुग्ने हो कसैलाई थाहा छैन, राम जाने ।
ओझा दम्पती त प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता हजारौंको पीडा यस्तै हुनसक्छ नेपालमा मात्रै । यस्तो पीडा र दशा हाम्रो मात्र रहेन । विश्वव्यापी रुपमा कोरोना भाइरसले उत्पात मच्चाएको छ । अन्यत्रको कहर त अझै भयावह हुनसक्छ । गत डिसेम्बर अन्तिम साता चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमण अहिले विशाल महामारी भइसकेको छ । युरोपेली महाद्विप नै यतिबेला महामारीको केन्द्रविन्दू बनेको छ ।
जसरी युरोप र अमेरिकाले हल्का रुपमा लिंदाको पीडा अहिले भोग्दैछन् , त्यही गति हुने छ हाम्रो पनि । सरकारले यो समस्यालाई अझै गम्भिरताका साथ लिनु जरुरी छ ।
इटाली र स्पेनमा दैनिक झण्डै हजारको संख्यामा मानिसको ज्यान जान थालेको आँकडा सार्वजनिक भएका छन् । कोरोना संक्रमणले विश्व महाशक्ति अमेरिकामासमेत ताण्डव गर्ने संकेत देखाइसकेको छ । एकलाख भन्दा बढी त संक्रमित नै भइसकेका छन् । दुई हजार जतिको ज्यानै गइसकेको छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै परीक्षण गरेकाले संक्रमितको संख्या बढी देखापरेको दावी गरेका छन् । जे भएपनि धेरै मानिस संक्रमित भएको चाहिं पुष्टी भएकै हो । त्यसैले अमेरिकालाई अबको ठूलो चुनौती बनेको छ यो महामारी ।
युरोप र अमेरिकामा कोरोना भाइरसलाई ज्यादै हल्का रुपमा लिइएकाले यो परिणाम भोग्नु परेको विज्ञहरु बताउँछन् ।जनवरी लाग्ने वित्तिकै चीनको बुहानबाट दशाैं हजार पर्यटक स्वास्थ परीक्षण नै नगरी इटाली प्रवेश गरे । केही समयपछि कोरोना भाइरसले आफ्नो प्रभाव देखायो । तर इटाली सरकारले खासै मतलब राखेन । संक्रमणको लक्षण देखिएकाहरुलाई क्वारेण्टाइनमा राख्दा धेरै कडाई गरिएन । त्यसैले क्वारेण्टाइनमा बसेका युवा रेष्टुराँ र बारमा बसेर मौजमस्ती गर्न स्वतन्त्र रहे । अनि संक्रमण डँढेलो सरी फैलियो । अहिले इटालीका लागि त्यो लापरबाही ठूलो चड्कन बनेको छ । तर समय घर्किएपछि पछताउनुको कुनै अर्थ छैन ।
अहिलेसम्म केवल चार जनामा मात्र संक्रमण देखिएकाले अत्तालिनु पर्दैन भन्ने सोच सरकारी पदाधिकारीको देखिन्छ । बुझौं, यो गुणात्मक ढंगबाट फैलने संक्रमण हो । एकबाट दुईमा मात्रै सीमित हुँदैन , छोटो समयमै लाखौंको संख्यामा फैलन सक्छ ।
युरोपका नागरिकले कोरोना भाइरसलाई सामान्य ठानेको बुझ्न गाह्रो छैन । इटाली मात्र होइन, समुचा युरोप यो महामारीसँग अहिले पौंठाजोरी खेल्दै छ । स्पेनको हालत पनि लगभग इटाली जस्तै छ । त्यहाँ पनि लापरवाही गरेकैले हजारौंको सख्यामा ज्यान गुमाउनु परेको अत्यासलाग्दो कथा छन् । हुँदा हुँदा बेलायतले समेत कोरोना भाइरसलाई खासै मानेन । त्यसको परिणाम उसले पनि भोगिरहेको छ । युवराज चाल्र्स मात्र होइन प्रधानमन्त्री बोरिस जोन्सनसमेत कोरोना भाइरसबाट थलिएका छन् । हजारौंको ज्यान गइसकेको छ । ती मध्ये दुईजना त नेपाली समेत परेका छन् । यसरी हेर्दा ठूला र विकसित मुलुकको लापरवाहीले विश्वब्रम्हाण्ड नै सर्वाधिक जोखिममा परेको छ ।
अब पालो अमेरिकाको भन्नेहरु धेरै छन् । हुन पनि अहिले सबैभन्दा धेरै संक्रमित अमेरिकामै देखिएका छन् । साथै मृत्युदर पनि तीब्र हुँदै छ । त्यसको दोष पनि अमेरिकी सरकारलाई नै दिनुपर्छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसले आप्mनो मुलुकलाई केही प्रभाव नपार्ने भन्दै निर्धक्क काम गर्न आह्वान गरेको दुष्परिणाम हो अहिलेको अवस्था । त्यति मात्रै होइन, कोरोनाभाइरस चाइनिज भाइरस भएकाले हामी अमेरिकीलाई छुन सक्दैन भन्ने हल्का र केटाकेटी जस्तो अभिव्यक्ति दिएकाले नै महामारी फैलिएको भन्दै उनको व्यापक आलोचना समेत भएको छ । नेपालीमा एउटा उखान छ – नपत्याउने खोलाले पनि बगाउँछ । नभन्दै त्यस्तै अवस्था सिर्जना भएको छ अहिले अमेरिका र युरोपका लागि ।
हामीले सबैभन्दा ठूलो भुल के गरिरहेका छौं भने शंका लागेका हरेक बिरामीको परीक्षण समेत गर्न सकेका छैनौं । कुनै लक्षण देखियो भने सबैभन्दा पहिला आइसोलेसनमा राख्ने व्यवस्था गर्न सक्नु पर्छ ।
कहिलेकाँही अर्ती भनेको घर्तीको पनि मान्नु भन्थे हाम्रा पुर्खा । अवस्था त्यस्तै देखिन्छ । अमेरिका बेलायतले सामान्य ठानेको यो महामारीलाई नेपाल जस्ता साना देशले भयानक सम्झेका छन् । जसरी स्यालको शिकार गर्दा बाघ मार्ने हतियारसमेत बोक्नु बुद्धिमानी मानिन्छ, ठीक त्यही अवस्थामा हामीले अगाडि बढ्नुपर्ने अवस्था छ । अहिलेसम्म केवल चार जनामा मात्र यसको संक्रमण देखिएको र कसैको पनि मृत्यु नभएकाले डराउनुपर्ने अवस्था छैन भन्नेहरु पनि भेटिन्छन् यदाकदा । यस्तो सोचियो भने गम्भीर भूल गर्ने छौं हामीले ।
जसरी युरोप र अमेरिकाले हल्का रुपमा लिंदाको पीडा अहिले भोग्दै छन् , त्यही गति हुनेछ हाम्रो पनि । सरकारले यो समस्यालाई अझै गम्भीरताका साथ लिनु जरुरी छ । अहिलेसम्म केवल चार जनामा मात्र संक्रमण देखिएकाले अत्तालिनु पर्दैन भन्ने सोच सरकारी पदाधिकारीको देखिन्छ । बुझौं, यो गुणात्मक ढंगबाट फैलने संक्रमण हो । एकबाट दुईमा मात्रै सीमित हुँदैन, छोटो समयमै लाखौंको संख्यामा फैलन सक्छ ।
हामीले सबैभन्दा ठूलो भुल के गरिरहेका छौं भने शंका लागेका हरेक बिरामीको परीक्षण समेत गर्न सकेका छैनौं । कुनै लक्षण देखियो भने सबैभन्दा पहिला आइसोलेसनमा राख्ने व्यवस्था गर्न सक्नुपर्छ । तर सरकारले अहिलेसम्म बिरामी राख्ने ठाउँको समेत व्यवस्था गर्न सकेको छैन । बिरामी र चिकित्सकका लागि आवश्यक किट र पीपीई अहिलेसम्म झिकाएको छैन । जब परो राति अनि बूढी ताती भने जस्तो यतिबेला आएर किट र पीपीई ल्याउन व्यावसायीलाई आह्वान गरिरहेको छ ।
यो भन्दा गैरजिम्मेवारीपन अरु के हुन सक्ला त ? अहिले धेरै गर्न नसकेपनि एउटा काम चाहिं गम्भिरतापूर्वक गर्नैपर्छ , त्यो के भने कम्तिमा विदेशबाट हालसालै फर्किएकाहरुको स्वास्थ परीक्षण गरी क्वारेण्टाइनमा राखौं । यसबाट पनि धेरै हदसम्म संक्रमण फैलनबाट जोगाउन सकिन्छ । नत्र इटाली र स्पेनको हालत हाम्रो नहोला भन्न सकिन्न । अझै समय छ सरकार संवेदनशील बन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपलगानी सम्मेलन र लगानी वातावरण निर्माण
बैशाख १८, २०८१ मंगलबार
इतिहास जोगाउन स्थानीय सरकार
बैशाख १८, २०८१ मंगलबार
उपनिर्वाचनको राजनीतिलाई पाठ : नैतिकता गिरे राजनीति ओरालो लाग्न सक्छ
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २०, २०८१ बिहिबार
चेन्नईलाई ७ विकेटले हराउँदै पञ्जाव विजयी
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
आजको मौसम : तराईमा हावाहुरी, पहाडमा हल्का वर्षा
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज 'ए' विरुद्ध आज सिरिजको चौथो खेल खेल्दै नेपाल
बैशाख २०, २०८१ बिहिबार
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
बैशाख २०, २०८१ बिहिबार