कोरोना भाइरसको संक्रमण रोक्न छरियो कीटनाशक औषधि
नेपालबहस संवाददाता
चैत १५, २०७६ आइतबार १:५४:२५
१५ चैत, लमजुङ । कोरोना भाइरसको संक्रमण रोक्न बेँसीशहर बजारमा कीटनाशक औषधि क्रोरिङ छर्किएको छ । बेँसीशहर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला सामुदायिक अस्पताल, बेँसीशहर खानेपानी उपभोक्ता संस्था बेँसीशहरलगायतको पहलमा आज बेँसीशहर बजारमा कोरोनाविरुद्ध औषधि छर्किएको हो ।
बेँसीशहर ८ मा रहेको जिल्ला प्रहरी कार्यालयबाट छर्न शुरु गरी नगरपालिका भवन, फूलबारी चोक, नारायणस्थान चोक, भीमसेनस्थान चोक, पुरानो बैंक चोकदेखि मनाङे चौतारासम्मको सडक र वरिपरिका घरका सटरमा कीटनाशक औषधि छर्किइयो । यी सबै क्षेत्रमा नगरपालिकाको दमकलबाट उक्त औषधि छर्किएको थियो । औषधि छर्किने अभियान केही दिनसम्म नगरका सबै ठाउँमा दमकलबाटै हुने नगर प्रमुख गुमानसिंह अर्यालले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार