चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए
नेपालबहस संवाददाता
चैत २१, २०७६ शुक्रबार १६:१४:४०
२१ चैत, काठमाडौं । मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन् ।
ग्वाङ्जाओ गएको वाइडबडी त्यहाँबाट मेडिकल सामग्री लिएर आज बिहान २ः५७ बजे र अष्ट्रेलियाबाट आएको अर्को वाइडबडी जहाज गए राति ११ः१८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिएका छन् ।
ग्वाङ्जाओबाट के–कति सामान ल्याइएको भन्ने यकिन जानकारी आएको छैन । मेडिकल सामग्री लिन निगमको कार्गो उडानको वाइडबडी जहाज बिहीबार बिहान ग्वाङ्जाओ उडेको थियो । यसअघि चैत १६ गते निगमकै वाइडबडी जहाजमार्फत ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ ।
त्यसैगरी बुधबार निगमको अर्को वाइडबडी जहाज चार्टर्ड उडानमार्फत अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक बोकेर मलेशिया हुँदै अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको थियो । निगमले अष्ट्रेलिया गन्तव्यमा पहिलोपटक वाइडबडी जहाजले ऐतिहासिक उडान गरेको उल्लेख छ । निगमको लामो गन्तव्यको यो उडान झण्डै १३ घण्टाको थियो । हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार