आज नयाँ सङ्क्रमित छैनन् : प्रवक्ता देवकोटा
इन्द्र रिजाल
चैत २१, २०७६ शनिबार २:५४:३५
२१ चैत्र, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को थप सङ्क्रमित फेला नपरेको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज कोरोनाबाट थप सङ्क्रमित पुष्टि नभएको जानकारी गराए ।
उनले भने, “भारतबाट आएका एक व्यक्तिमा कोभिड–१९ भएको हल्ला साँचो नभएको भन्दै सत्यता बुझेर मात्रै सामाजिक सञ्जालमार्फत जानकारी गराउन पनि सबैलाई आग्रह गरे ।” नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति उपचारपछि ठीक भएर घर फर्किसकेका छन् । दोस्रो सङ्क्रमित व्यक्ति काठमाडौँकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन । उनीलाई चैत १० गते कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
त्यस्तै तेस्रो व्यक्ति धादिङ, चौथो धनगढी र पाँचौँ बागलुङका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । डा देवकोटाले आजसम्म कूल एक हजार एक हजार २७७ मा परीक्षण गरिएको जानकारी दिए । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक धनगढी, पोखरा, धरान, हेटौँडा, जनकपुर र सुर्खेतबाट पनि परीक्षण शुरु गरेको पनि बताए । यसरी उपत्यका बाहिरबाट परीक्षण कार्य गर्दा आशङ्कामा रहेका धेरैलाई समेट्न सकिने उनको भनाइ थियो ।
छैटौँ सङ्क्रमित व्यक्ति बागलुङकी महिला हुन् । उनी यही चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएको डा देवकोटाको भनाइ छ । हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
आइसोलेशनमा आजसम्म देशभरिमा १२० उपचारत छन । जसमा उपत्यकामा १५ र बाँकी उपत्यका बाहिर उपचारत छन । उनका अनुसार दुई कल सेन्टरमा तीन हजार ५०२ को सम्बोधन गरिएको छ । त्यसमा धेरैले अस्पतालमा कोरोनाको परीक्षण, पिपिइ खरिदलगायतका विषयमा प्रश्न गरेको उनले बताए ।
कैलाली र कञ्चनपुरमा ९२ जना क्वारेन्टाइनमा रहेका व्यक्तिको नमूना परीक्षणको क्रममा रहेको पनि मन्त्रालयले जानकारी गराएको छ । मोबाइल एप्समा आजसम्म पाँच हजार ६०० ले समस्या बताएका छन् । त्यसमध्ये १०७ रेड रोनमा रहेको पनि बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
संसद अवरोध हटाउन सत्ता पक्षका तीन नेता छलफलमा
जेठ २, २०८१ बुधबार
विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो
जेठ २, २०८१ बुधबार
किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण
जेठ २, २०८१ बुधबार
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु
जेठ २, २०८१ बुधबार
महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन
जेठ २, २०८१ बुधबार