कोरोनाबारे जानकारी दिन निःशुल्क ‘हटलाइन सेवा’
नेपालबहस संवाददाता
चैत २२, २०७६ शनिबार १७:२५:३४
२२ चैत्र, काठमाडौं । नेपाल नेशनल अस्पताल कलङ्कीले विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसबारे निःशुल्क जानकारी लिन हटलाइन सेवा शुरु गरेको छ । अस्पतालले रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ जावलाखेलको सहकार्यमा अस्पताल परिसर कलङ्कीमा निःशुल्क हटलाइन सेवा शुरु गरेको हो ।
अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौडेलले विश्वव्यापीरूपमा फैलिँदै गएको कोराना र अन्य स्वास्थ्य सेवा घरबाटै बसेर लिन सकिने गरी अस्पतालले हटलाइन सेवा सञ्चालन गरेको जानकारी दिए । उनले कुनै पनि प्रकारको स्वास्थ्य परामर्श लिन परेमा ११४७ नम्वरमा फोन गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
यस्तै अस्पतालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कोरोना रोगको उपचारका लागि आइसोलेसन कक्षसमेत निर्माण गर्न लागेको छ ।
चन्द्रागिरिमा १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा
काठमाडौंको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकामा १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा आएको छ । चन्द्रागिरि नगरपालिकाले प्राथमिक अस्पताल थानकोटमा १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर शुक्रबारदेखि १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा ल्याएको जानकारी दिए ।
“चन्द्रागिरिले आवश्यकतानुसार मनमोहन अस्पतालमा ४०, श्रीकृष्ण माध्यामिक विद्यालयमा ४० र महालक्ष्मी आधारभूत विद्यालयमा २५ क्वारेन्टाइन थप गर्न लागेको छ”, उनले भने । नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोभिड–१९ बाट हुने सम्भावित सङ्क्रमणलाई रोक्न टोखा नगरपालिकाले आवश्यक तयारी पूरा गरिरहेको बताए। यस्तै चन्द्रागिरिले आइसोलेशन वार्ड निर्माणको समेत तयारी गरेको छ ।
राहत वितरण एकद्वार प्रणालीमार्फत
चन्द्रागिरिले नगरपालिकाभित्र गरिने राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने भएको छ । चन्द्रागिरिमा शुक्रबार बसेको नगर कार्यसमितिको बैठकले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरेको हो । कसैले चन्द्रागिरिभित्र राहत तथा रकम सहयोग गर्न चाहेमा नगरपालिकालाई जानकारी दिएर मात्र सहयोग गर्नुपर्ने भएको छ । चन्द्रागिरिले नगरपालिका भित्रका अत्यावश्यक सेवा सञ्चालन गर्ने पसलअगाडि हात धुनका लागि पानीको धारासमेत जडान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, कांग्रेसको अवरोधले चल्छ त संसद ?
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार