यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टले वितरण गर्यो मास्क र पीपीई
नेपालबहस संवाददाता
चैत २२, २०७६ शनिबार १९:३६:४८
२२ चैत्र, नुवाकोट । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाल पनि अछुतो रहेको छैन् । हालसम्म ७ जनामा कोरोनाको संक्रमण फेला परेको तथा केहीमा संक्रमणको आशंका गरिएको बेला उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामाग्रीको अभाव निकै खड्किएको छ ।
संम्भावित संक्रमणको जोखिमबाट बच्न स्वास्थ्यकर्मीहरुले लगाउने पीपीई र मास्कको नेपालभर नै अभाव भईरहेको बेला नुवाकोटका दुई नेताले भने त्यसको जोरजाम गरेर स्थानीय स्वास्थ्य चौकीहरुमा वितरण गर्न थालेका छन् ।
समाचार अनुसार यशोदादेवी भगवान सिह केसी मेमोरियल ट्रष्टले आज दुप्चेश्वर गाउँपालिकाका ७ वटा वडामा रहेका स्वास्थ्य चौकीहरुका लागि ७ गोटा पीपीई र १०० स्थान माक्स उपलब्ध गराएको छ । नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी र नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले सो सहयोग उपलब्ध गराएका हुन् । आफ्ना आमाबाबुको नाममा स्थापित सो ट्रष्टले नुवाकोट जिल्लाका लागि बिगतमा पनि थुप्रै सामाजिक कार्यहरु गर्दै आएको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरण पछि नेपालबहससँग छोटो कुरा गर्दै सभापति केसीले कोरोना भाइरसको महामारीले विश्व आक्रान्त छ । नेपाल पनि यो महामारीको उच्च जोखिममा रहेको र यसबाट बच्न सिंगो देश एक भएर महामारीसँग जुध्नुको विकल्प छैन । यतिखेर मानिस मानिसका बीच भौतिक दूरी कायम गर्नु अपरिहार्य छ, जसका लागि पर्याप्त क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । यतिबेला यो अभियानमा सहभागी हुनु यो संस्थाको पनि कर्तव्य हो । आवश्यक परेमा अन्य किसिमको सहयोग पनि उपलब्ध गराउने जनाए ।
यस्तै चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले सरकारले सबैभन्दा पहिले डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित गर्नुपर्ने आवश्यकता औल्याउदै देशभर पर्याप्त मात्रामा कोरोना भाइरसको परीक्षण गर्नुपर्ने खाँचो रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसदको अवरोध हटाउनेबारे छलफल
जेठ २, २०८१ बुधबार
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
जेठ २, २०८१ बुधबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार