अनियमितताको दुर्गन्ध प्रधानमन्त्रीज्यूसम्म पुग्यो कि पुगेन ?:- राप्रपा अध्यक्ष राणा
नेपालबहस संवाददाता
चैत २२, २०७६ शनिबार २२:२३:१५
२२ चैत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले स्वास्थ्य सामाग्री कसले ल्याउने भन्ने विवाद नगरी गुणस्तरीय सामाग्री तुरुन्तै आयात गर्नुपर्नेमा जोड दिएका छन् । भ्रष्ट्राचारको प्रश्नमा उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्रीविरुद्ध कानुनी कारवाहीको पनि माग गरेका छन् ।
‘अहिलेको प्राथमिकता अस्पताललाई चाहिने औषधि, भेन्टीलेटरजस्ता उपकरण हुन् । अग्रपंक्तिमा कार्यरत नर्स, डाक्टरलगायत स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामाग्री हुन् । अत्यावश्यक सामाग्री कुन निकायले ल्याउने भनेर लडाई गर्नुभन्दा तुरुन्त झिकाउनुपर्यो, सामाग्रीहरु गुणस्तरीय हुनुपर्यो,’ राप्रपा अध्यक्ष राणाले शनिबार भने ।
राणाले सरकारबाट भएको पटक–पटकको गल्ती र अनियमितताबारे टिप्पणी गरेका छन् । स्वतन्त्र प्रेस माथिको अवरोध र भ्रष्ट्राचारको जानकारी प्रधानमन्त्रीलाई भयो, भएन भनेर प्रश्न गरेका छन् । ‘सरकारका उपप्रधानमन्त्री, मन्त्री, सल्लाहकार, कर्मचारी भ्रष्ट्राचारमा मुछिएको खबर छ । प्रेस स्वतन्त्रताविपरीत अनलाइन पत्रिकामाथि अवैध अवरोधको समाचार छ । अनियमितताको दुर्गन्ध प्रधानमन्त्रीज्यूसम्म पुग्यो कि पुगेन ? स्वास्थ्य सामाग्री खरीद प्रकरणमा अख्तियारमार्फत कानुनी कारवाही किन अघि बढेन ?’
अष्ट्रेलियालगायत अन्य मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारले तत्काल योजना बनाउनु पर्ने उनको भनाइ छ । उनले ट्वीटमा भनेका छन्, ‘अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई घर फर्कन भनेपछि शिक्षा मन्त्रालयले कम से कम संयोजन गर्ने बताएको छ । यस्तो अवस्था रेमीट्यान्स क्षेत्रमा पनि आउनसक्छ । नेपाली भएका मुलुकमा समस्या आइपरे कसरी हल गर्ने भनेर सरकारले तत्कालै आपतकालीन योजना बनाउनु पर्दछ ।’
भारतबाट स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई क्वारेन्टाइनका साथै सरकारले खाने, बस्ने उचित प्रबन्ध मिलाउनु पर्ने उनको माग छ । ‘त्यस्ता शिविरको पहरा प्रहरीद्वारा गराई क्वारेन्टाइन अवधिपछि घर फर्कने व्यवस्था सरकारले सुनिश्चित गर्नुपर्दछ । नागरिकप्रतिको दायित्वबाट सरकार पन्छिन मिल्दैन,’ राणाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
जेठ २, २०८१ बुधबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार