स्मार्ट डोकोले घरघरमै सामान पुर्याउने, सेलपेमार्फत भुक्तानी गर्दा १० पीस मास्क निशुल्क
नेपालबहस संवाददाता
चैत २३, २०७६ आइतबार २१:१७:४१
२३ चैत्र, काठमाडौं । स्मार्ट डोकोले लकडाउनको क्रममा किराना र आवश्यक वस्तुहरू डेलिभरी गर्नेछ र सेलपेमार्फत लेनदेन गर्ने प्रत्येक ग्राहकलाई १० पीस मास्क दिने भएको छ ।
हालको विश्वव्यापी स्वास्थ्य संकट कोरोना भाइरसको महामारी स्थितिमा जहाँ सम्पूर्ण राष्ट्र बन्द छ, स्मार्टडोको एक अनलाइन शपिङ्ग मेगा स्टोरले ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न शुरु गरेको हो । सरकारले विश्वव्यापी स्वास्थ्य संकटको घडीमा घरमै सेल्फ् आइसोलेसनमा बस्न निर्देशन दिएको छ र सर्वसाधारणलाई दैनिक उपभोग गर्ने अत्यावश्यक वस्तुहरु खरिद गर्न पनि असहज भएको छ ।
यद्यपि अब व्यक्तिहरूले किराना सामान, बच्चाको सामान, ह्युमिडिफायरहरू, एयर प्यूरिफायरहरू र अन्य आवश्यक वस्तुहरू स्मार्टडोकोबाट सजिलैसँग अर्डर गर्न सक्नेछन् । हाल डेलिभरी काठमाडौं उपत्यका भित्र मात्र रहेका बताएको छ । वर्तमान परिस्थिति र दैनिक आधारभूत वस्तुहरूको आवश्यकतालाई ध्यानमा राख्दै, स्मार्टडोकोले “आवश्यक वस्तुहरू बाहेक अरू कुनैपनि सामान बिक्री वितरण नगर्ने जनाएको छ । ग्राहकहरूले आफ्नो कम्प्युटर वा ल्यापटप मार्फत www.smartdoko.com मा लगइन गर्न सक्नेछन् र Android वा IOS बाट स्मार्टडोको एप्लिकेसन डाउनलोड गरी अर्डर बमोजिम होम डेलिभरीको सुविधा पाउन सक्ने जनाइएको छ ।
स्मार्टडोको डेलिभरीमा नगद र कार्ड बाहेक सेलपे र ई–सेवा मार्फत कारोबार गर्न मिल्नेछ । स्मार्ट डोकोबाट कुनैपनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत QR Code Scan गरी भुक्तानी गरेमा १० थान मास्क निशुल्क पाउनेछन् । स्मार्ट डोकोबाट अर्डर गर्नुहोस्, घरमै बस्नुहोस, सुरक्षित रहनुहोस् !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार