अष्ट्रेलियाका नेपाली विद्यार्थीको सुरक्षामा ध्यान दिन राप्रविसंको आग्रह
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार २०:३२:१०
२४ चैत्र, काठमाडौं । अष्ट्रेलियामा अध्ययतरत नेपाली विद्यार्थीहरु बिचल्लीमा पर्न लागेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले सरकारलाई बेलैमा समाधान खोज्न अनुरोध गरेको छ ।
विद्यार्थीहरु घर फर्क भन्ने अस्ट्रेलिया सरकारको आह्वान मानवीय दृष्टिले गैरजिम्मेवार र अशोभनीय भएको ठहर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीसम्वद्ध राप्रविसंले सरकारको ध्यानाकर्षण गराएको हो ।
राप्रविसंका अध्यक्ष धनशुर शाहीले आइतबार विज्ञप्ति जारी गर्दै भने, ‘अष्ट्रेलिया सरकारको निर्णयले हजारौं नेपाली विद्यार्थी प्रभावित हुने भएका छन् । नेपाल सरकारले कुटनीतिक तहमा अष्ट्रेलिया सरकारसँग वार्ता गरी नेपाली विद्यार्थीहरुलाई सुरक्षित राख्न उचित समाधान खोज्नु पर्दछ ।’
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोना प्रकोपका कारण त्यहाँ अध्ययन गर्ने विदेशी विद्यार्थीहरुलाई घर फर्कन आह्वान गरेका छन् । ‘अष्ट्रेलिया सरकारको निर्णयबाट हामी अत्यन्त चिन्तित भएका छौ,’ शाहीले भने ।
कोरोना महामारीका कारण विश्वका कैयौं देश बन्दाबन्दीमा रहेको विषम परिस्थितिमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अस्ट्रेलियाको अर्थतन्त्रमा पुर्याएको योगदान चटक्क बिर्सिएको भनेर राप्रविसंले चिन्ता व्यक्त गरेको छ । सरकारी तथ्यांकअनुसार अष्ट्रेलियामा करिब ५४ हजार नेपाली विद्यार्थी अध्यानरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार