नेपाल एम्बुलेन्स सेवा र कोरोना क्राइसिस म्यानेजमेन्टबीच सम्झौता
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार २२:१२:२
२६ चैत्र, काठमाडौं । कोराना भाइरसको महामारीले विश्वलाई आतङ्कित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमा भएको हो ।
सीसीएमसीका संयोजक सचिव लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जीत आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी र का.म.पा.का प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यो सम्झौता पश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउनेछ । यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स संचालन गरिनेछ जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ । साथै कोभिड १९ सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोधहरु सबै निकायहरुले हाल संचालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन् ।
नासका अध्यक्ष रञ्जीत आचार्यले भने, “ विश्वभरि फैलिरहेको कोराना भाइरसको महामारीले सबैलाई त्रसित बनाएको छ । यस्तो विपदको घडिमा नेपाल सरकारलाई सहयोग गर्न पाउँदा नेपाल एम्बुलेन्स सेवा आभारी छौं । नासले यसैपनि कोभिड-१९ को पुर्व तयारी गरेर स्वास्थ्यकर्मीलाई आवश्यक कोभिड-१९ सम्बन्धित तालिम दिई सेवा पुर्याइ नै रहेको थियो, अब झन आधिकारिकता प्राप्त भयो ।
जस्तो सुकै विपदमा पनि आकस्मिक सेवा सहितको २४ सैतै घण्टा सेवा प्रदान गर्दै आइरहेको र यो कोभिड १९ रोकथाम र यस सम्बन्धि विरामीहरुको सेवाका लागि हामी नेपाल सरकारलाई सहयोग गरि सहकार्य गर्न सदैव तयार छौं ।” नेपाल एम्बुलेन्स सेवाले सन् २०१० मा संचालनमा आएदेखि हालसम्म ५०,००० भन्दा बढि बिरामीहरुलाई सेवा पु¥याइसकेको छ भने ५५ वटा भन्दा बढि शिशुको जन्म एम्बुलेन्समै स्वास्थ्यकर्मीले सुरक्षित डेलिभरी गराएका छन् ।
नेपाल एम्बुलेन्स सेवा (नास) का बारेमा
नेपाल एम्बुलेन्स सेवा (नास) गैर नाफा मुलक संस्था हो । जसले हस्पिटल पुग्नु पुर्व बिरामीलाई आकस्मिक उपचार प्रदान गर्दै आईरहेको छ । नासले २४ सै घण्टा आकस्मिक उपचारका लागि तिन अंक रहेको १०२ टोल फ्रि नम्बर संचालन गरिरहेको छ जसले सिधै NAS Call Center मा सूचना प्राप्त हुन्छ र नजिकमा रहेका एम्बुलेन्सलाई भीएचएफ रेडियोद्धारा तत्काल परिचालन गर्दछ ।
अत्याधुनिक उपकरण , अत्याधुनिक उपचार बिधि र तालिम प्राप्त आकस्मिक सेवा स्वास्थ्यकर्मी emergency medical technicians -EMTs साथमा उपलब्ध भएकोले गर्दा हस्पिटल पुग्नु भन्दा पहिला नै एम्बुलेन्स भित्र अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिन्छ । नासको लक्ष्य भनेको बिरामीहरुका लागि आकस्मिक स्वास्थ्यकर्मी सहितको द्रूत एम्बुलेन्सहरु, उपचारको सुनिश्चितता गर्नका लागि पूर्ण सुविधा र आवश्यक अस्पतालहरु बिच समन्वय सेवा परिचालन गर्नु हो । नासका आकस्मिक मेडिकल प्राविधिकहरुलाई अमेरिकाको स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिनका विज्ञहरुद्धारा तालिम प्रदान गरिएको छ ।
२०१० मा नासले विभिन्न दाताहरू बृहत इन्भेस्टमेन्ट (ओम राजभण्डारी), गोल्छा अर्गनाइजेशन (शेखर गोल्छा), पवन अग्रवाल धनगढी, किष्ट बैंक हाल प्रभु बैंक र अन्नपूर्ण ट्राभल्स वेष्टर्न युनियनबाट १–१ थान एम्बुलेन्स प्राप्त गरि सेवा.शुभारम्भ गरेकाले.थियो । अहिले १० वटा एम्बुलेन्स काठमान्डौ उपत्यका लगायत चितवन, बुटवल र पोखरामा सन्चालन गरिरहेकोमा निकट भविष्यमा संस्थाले देशका.७ वटै प्रदेशमा सेवा संचालन गर्ने लक्ष्य लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार