खाद्य वस्तुको यथेष्ट स्टक रहेको चेम्बरको दावी
नेपालबहस संवाददाता
चैत २७, २०७६ बिहिबार २१:५६:५१
२७ चैत्र, काठमाडौं । नेपाल सरकार र व्यवसायी बीच अत्यावश्यक खाद्य बस्तुहरुको स्टक, माग र आपूर्ति बारे आज गहन छलफल भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, आपूर्ति सचिव वैकुण्ठ अर्याल एवम वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको टोलीले खाद्य वस्तुहरुको स्टक तथा वितरण प्रणाली बारे जानकारी लिन नेपाल चेम्बर अफ कमर्स आपूर्ति समितिका सभापति एवम खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठसँग अति आवश्यक खाद्य वस्तुहरुको स्टक , माग एवम वितरण प्रणाली बारे संघका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।
उक्त अवसरमा आपूर्ति समितिका सभापति देवेन्द्रभक्त श्रेष्ठले यथेष्ट मात्रामा खाद्य सामाग्री स्टक रहेको र सरल तथा सूपथ मूल्यमा सुलभ तवरले खाद्यान्नहरु वितरण गर्न संघ प्रयत्नशील रहेको जानकारी दिएका थिए । उक्त अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले वितरण प्रणाली बारे सन्तोष व्यक्त गरेको चेम्बरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार