अस्लिल शब्दमा कर्मचारी थर्काउने नेकपा नेतालाई कारवाही गर्न माग
नेपालबहस संवाददाता
चैत २७, २०७६ शुक्रबार ३:२१:१०
२७ चैत्र, काठमाडौं । सत्तारुढ नेकपाका नेताहरु आफुसँग असहमत पक्षलाई जसरी पनि ठेगान लगाउने धम्की दिन उद्यत् देखिएका छन् । यो प्रवृत्तिको पछिल्लो शिकार निजामती कर्मचारी परेका छन् । आफूसँग असहमत कर्मचारीलाई थर्काउने , धम्काउने मात्र नभई ज्यानै मार्नेसम्मको अपराध कर्ममा सत्ताधारी नेताहरु अग्रसर भएको देखिएको छ ।
कोरोना भाइरसको संक्रमणको उच्च जोखिमका कार्यस्थलमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई बाजुराका एक स्थानीय नेकपा नेताले थर्काएका हुन् । स्थानीय नेकपा नेता भरत थापाले एक कर्मचारीलाई भौतिक आक्रमण गर्ने चेतावनी दिएका छन् । थापा नेकपा जिल्ला कमिटी सदस्य एवं बाजुरा अस्पतालका अध्यक्ष पनि हुन् । अध्यक्ष थापाले बाजुरा जिल्लामा कम्युनिष्टले जे चाह्यो त्यही हुने बताउँदै कोलेनिकाका लेखापाल प्रकाश भट्टराईलाई भेटेर दुई थप्पड हान्ने धम्की दिएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन ( संघ ) का सदस्य रहेका जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल प्रकाश भट्टराईलाई नेकपाका स्थानीय नेता भरत थापाले यस्तो धम्की दिएका हुन् । यसप्रति युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेलले कडा आपत्ति जनाउँदै राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने ढंगबाट गरिएको व्यवहारको विरोध गरेका छन् ।
आफूसँग वैयक्तिक रुपमा असहमत कर्मचारीलाई फोन गरी धम्क्याउने शैली गलत मात्र होइन अपराधिकसमेत हो भन्दै अध्यक्ष पोखरेलले यो प्रवृत्तिलाई निरुत्साहित गर्न सरकार गम्भिर हुनुपर्ने बताएका छन् । साथै यसको छानविन गरी दोषी थापामाथि तत्कालै कारवाही गर्न पोखरेलले सरकारसँग आग्रह समेत गरेका छन् । देश संकटमा रहेको यस घडीमा राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च बनाइनु पर्नेमा सत्तापक्षीय नेताबाटै धाकधम्की आउनु निन्दनीय काम हो भन्दै उनले उच्च मनोबलका साथ काम गर्ने वातावरण तयार गर्न सरकारसँग माग गरेका छन् ।
के भनेर थर्काए नेकपाका स्थानीय नेता थापाले भट्टराईलाई ?
यो बाजुरा जिल्ला हो, यहाँ कम्युनिष्ट पार्टीले जे भन्यो त्यही हुन्छ, अस्पतालका अध्यक्ष थापाले भट्टलाई धम्क्याउदै भने, यहाँ बस्ने मन छ कि छैन । उनी त्यतिमै रोकिएनन, उनले भट्टराईलाई सोधे, तपाई कहाँ हुनुहुन्छ, भेटेर दुई चडकन हान्नु पर्नेछ, हातगोडा भांच्नु पर्नेछ । थापाले मु… साला भन्दै अस्लिल शब्द पनि बोल्न भ्याएका छन् । त्यस्तो मैले के गरे हजुर ? भट्टले प्रश्न गर्दा थापाले तपाईले अफिसियल गोप्य प्रमाणहरु बाहिर ल्याएको प्रमाण मसँग छन्। अध्यक्ष थापाले सो अडियोमा भनेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहि चैत्र १० गते जेष्ठताको आधारमा तिलक थापालाई निमित्त प्रमुख प्रशासकीय प्रमुख दिएको र चैत्र १९ नरेन नाथलाई निमित्त प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाएपछि कोष तथा लेखा नियन्त्रण कार्यालयमा कसको नाममा खाता खोल्ने भन्ने विषयमा सूचना चुहाएको आरोपमा लेखापाल भट्टराईलाई थापाले टेलिफोनमा गालीगलौज गरेको बताइएको छ ।
अडियो सुन्नुस……..
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार