बन्दाबन्दीमा पनि पूर्वाञ्चल क्यान्सर अस्पतालले गर्दै सहज उपचार
नेपालबहस संवाददाता
चैत ३०, २०७६ आइतबार १९:२५:२७
३० चैत, मोरङ । उर्लाबारीकी ५३ वर्षीया बिन्दु बराल झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा डिम्बासयको क्यान्सरको उपचार पाउँदा खुशी छन् । यसअघि भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार गराउँदै आउनु भएकी उनी बन्दाबन्दीका कारण भारत जान सम्भव थिएन । नेपालका अस्पतालमा डाक्टर नभेटिएलान् कि भन्ने उनको चिन्ता थियो तर आइतबार उनीले पूर्वाञ्चल क्यान्सर अस्पतालमा बहिरङ्ग सेवामै डाक्टर भेटेर उपचार पाइन् ।
झापाकै कमल गाउँपालिका–२ की ६४ वर्षीया प्रेमकुमारी खतिवडाको नाकमा मासु पलाएपछि क्यान्सरको पहिलो चरण भएको पत्ता लाग्यो । बन्दाबन्दीले नियमित उपचारमा कठिनाइ होला कि भन्ने उहाँलाई पनि चिन्ता थियो । आइतबार विर्तामोडसम्म मोटरसाइकलमा बसेर सोही अस्पताल आउँदा पहिले झैं सबै डाक्टर उपचारमा तल्लिन रहेको उनले देखेका छन् । आएको केहीबेरमा उनको रेडियसन दिने पालो मिल्यो ।
प्रदेश नं. १ र २ का क्यान्सर बिरामीका लागि पूर्वाञ्चल क्यान्सर अस्पताल अहिले सहज र भरपर्दो उपचारको केन्द्र बन्दै गएको छ । विदेशमा यस अघि उपचार गराइरहेकासमेत कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीमा नजिकको यही अस्पताल धाउन थालेका छन् । अस्पतालका मेडिकल डाइरेक्टर एवम् अङ्कोलोजिस्ट डा वीरेन्द्र यादवले बन्दाबन्दीमा एक दिन पनि अस्पताल बन्द नरहेको बताएा छन् । उनले बहिरङ्ग, रेडियसन, केमोथेरापी, प्रयोगशाला र शल्यक्रिया चालू रहेको जानकारी दिएका छन् । “लकडाउनको बेला दैनिक औसत ४० जना बहिरङ्गमा बिरामी आउनुहुन्छ”, चौबीसै घण्टा उपचार सेवा खुल्ला रहेको बताउँदै डा यादव भन्छन्, “हामीले दैनिक ३० जनालाई रेडियसन र १५ जनालाई केमोथेरापी सेवा दिइरहेका छौँ ।”
चितवन, भक्तपुर र भारतको विभिन्न अस्पतालमा रेडियसन र केमो लिइरहेका बिरामी कोरोनाको कारण उत्पन्न असहज परिस्थितिमा पूर्वाञ्चल क्यान्सर अस्पतालमै आउने गरेको अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बताएका छन् । अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा चालु रहेको र बिहान ०८ देखि बेलुका ६ बजेसम्म क्यान्सर रोगका विशेषज्ञ डाक्टर अस्पताल मै रहने व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन् ।
झापाको कमल गाउँपालिकामा बस्नुहुने आफ्नी आमा प्रेमकुमारी खतिवडाको नाकको क्यान्सर उपचारमा आउनुभएकी काठमाडौँकी खिला खतिवडाले बन्दाबन्दीका बेला अन्यत्र धाउनु परेको भए मुस्किल हुने जनाउँदै विर्तामोड मै भर्खरै सञ्चालनमा आएको अस्पतालमा उपचार पाउनु धेरै दृष्टिकोणले सुविधाजनक भएको बताएका छन् । उनले बन्दाबन्दीका बेला १८ पटक रेडियसन र केमो दिन पाएको जानकारी दिएका छन् ।
बन्दाबन्दीका बेला क्यान्सरका बिरामीले उपचार नपाएर छटपटाउनु नपरोस् भनेर स्वास्थ्यकर्मीको जनशक्ति, औषधि र जाँचको प्रबन्ध पर्याप्त र भरपर्दो बनाइएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताएका छन् । उनका अनुसार भारत र मुलुकका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामी बन्दाबन्दीका कारण सहज उपचार खोज्दै पूर्वाञ्चल क्यान्सर अस्पताल आउने गरेका छन् । जुनसुकै अस्पतालमा उपचार गराएर हाल घरमा रहेका क्यान्सरका बिरामीले मोवायल फोनमार्फत परामर्श लिन सक्ने व्यवस्थासमेत मिलाइएको जनसम्पर्क अधिकृत गिरीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार