नेता ज्यु ! तपाईलाई पनि नयाँ बर्षको शुभकामना
नेपालबहस संवाददाता
बैशाख १, २०७७ सोमबार १३:३:१८
१ बैशाख काठमाडौं । देश करीव २१ दिन देखि लकडाउनमा छ । यही लकडाउनको बेलामा घर फर्किनेको जमात वाक्लै छ । हिडेर नै आफ्नो गन्तव्यमा पुग्नेहरुको पिडाले नेपाल सरकार लाई छोएको छैन ।
घटना १ : लकडाउनको करीव एक हप्तापछी एक जना विद्यार्थी नेता महेश सिजापतिको फोन आयो । दोलखास्थित सिनु हाईड्रो पावरमा काम गरिरहेका वर्दिया जिल्ला निवासी करीव ११० जना दाजुभाईहरु दिगु गाउपालिका नयाँ बाटोमा कठिन दिनहरु विताई रहेका छन । हामिले आवाज उठाउनुपर्यो । हाम्रो पहुँच राज्य सन्चालन गर्ने पहुचवालासँग थिएन । हामीले आवाज उठाउन सक्ने हाम्रो पहुँच सामाजिक सन्जालमा थियो ।
हामीले त्यसै गर्यौ । तर पनि कसैले चासो देखाएनन । किनभने त्यो कुनै ठुलो चासोको विषय पनि त थिएन । त्यही क्रममा महेश जीले वर्दियाका केही राजनैतिक दलका नेताहरुसँग फोनमा परामर्श गर्दा उहाहरुको रेडिमेट जवाफ थियो । यति वेला हामी केही गर्न सक्दैनौ । जुन अवस्थामा छन । त्यही अवस्था मा वस्न भन्ने हो ।
घटना २ : लकडाउनको २१ दिन पछी एक जना दाई राजेन्द्र शाहिले आफ्नो फेसबुकमा शुक्रवार राति ९ वजे पोस्ट गर्नु भयो, सरकार कम्पनिको मालसामान ढुवानी गर्न पास हुन्छ । तर जुन किसिमले हामिले दुख झेलिरहेका छौ । आफ्नो गाउँ घर जान पास हुदैन रु गरिव निमुखाको ज्यानसँग खेलबाड किन ?
मैले फेसबुकमा शनिवार विहान कुरा गरे दाई खास त्यहा भएको के हो ? उनले त्यहाँको दुख सुनाउँदै भन्नुभयो, धेरै प्रयास गर्दा पनि झण्डै १०० जनाभन्दा धेरै बर्दियाबाट कामको शिलसिलामा ओखलढुगामा रहेको हाईड्रोपावर अति नै दुख कष्टसँग बसिरहेका छन । अहिले सम्म कुनै पनि निकायले ध्यान दिएको छैन । म लगायत उनीहरु घर फर्किन चाहन्छन ।
हाईड्रोपावरको लागि जिल्ला प्रशासन कार्यालयले सरिया, सिमेन्ट बोक्ने १२ वटा मालवाहक गाडीको लागि पास दिएको छ । ति गाडीहरु विराटनगर, सिराह, सप्तरी बाट आउने क्रम जारी छ । हामी एकदमै असुरक्षित महशुस गरिरहेका छौ । बर्दिया जिल्ला अन्तर्गत जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय, विभिन्न राजनैतिक दल, संघ संस्था, पत्रकार कसैले पनि वास्ता गरेनन । हाम्रो आवाज कसैले नसुन्दा २०७७ साल बैशाख ३ वा ४ गते तिर ओखलढुगाबाट बर्दियासम्म पैदल यात्रा गर्दै छौ । दाईले यसो भन्दा मैले त्यसको जवाफ दिन सकेको छैन । फेसबुकमा उनको सन्देश हेरेरै म टोलाइरहेको छु । अब के गर्ने रु
दाई, माफ़ गर्नु होला । मेरो राज्य चलाउने ठेकेदारहरुसँग तपाईहरुको दुख पोख्न सक्ने हैसियत छैन । नयाँ नेपालको सिहदरवारसँग पहुँच छैन । सत्ता उथलपुथल गर्नसक्ने आट राख्न सक्ने पत्रिकाका प्रधानसम्पादकहरुसँग तपाईहरुको पीडाको समाचार पुर्याउन सक्ने ताकत पनि मसँग छैन । माथिका दुई घटना प्रतिनिधि परिघटना मात्र हुन । यस्ता कहालीलाग्दा र हृदयविदारक कथा अहिले हरेक नेपालीसँग छन ।
ती घटनाहरु सम्झेर मेरो मन विचलित भयो । ती पीडाहरुलाई शब्दको आकार मात्र दिन सक्छु। सोच्दैछु, यदि यति वेला कुनै चुनाव भएको भए । सरकार, राजनैतिक दलका नेता, बुद्धिजिवी, दल निकट पत्रकारहरु एक एक भोटको लागि गणितीय हिसाव किताब गरेर भाडा हालेर भएपनि बोलाउने थिए ।
उस्तै परे गाडी रिजर्भ गरेर भए पनि आफ्नो जिल्लामा ल्याउन हानथाप गर्ने थिए । तर अवस्था फरक छ । उनीहरुलाई ल्याउँदा यति बेला कुनै पनि स्वार्थ पुरा हुनेवाला छैन । किनभने अबको झण्डै तीन बर्षसम्म कुनै चुनाव हुनेवाला छैन । देशमा सँसारका मजदुर एक हौ भन्ने मजदुरको दुईतिहाई कम्युनिष्ट सरकार छ ।
तर अहिले कसले गर्छ श्रमिकको कुरा रु कसले उठाउछ उनिहरुको आवाज रु कसले बुझछ उनीहरुको पीडा रु यति वेला बर्दिया जिल्लाबाट राजनिति गर्ने राजनैतिक दलका नेताहरुको सिधा उठबस प्रधानमन्त्री ओली, कमरेड, प्रचण्ड, कांग्रेस सभापति देउवासँग सिधा सम्पर्क छ । तर सिधा सम्पर्क हुन सक्नेले दुःख कष्टमा परेका भोट बैंकहरुलाई उद्धार गर्न किन सक्दैनन रु किन पहल गर्दैनन रु आखिर नेताहरुले आफ्ना काम बन्ता, भाडमे जाय जनता” भन्ने उखान जस्तै पहिले सम्म गरिरहने रु
नेता ज्यु, तपाईहरुलाई अलिकति सन्चो नहुदा हेलिकोप्टर रिजर्भ गर्न सक्ने, सिंगापुर र अमेरिका जान सक्ने । तर विश्वव्यापी महामारी परेका बेला दुःखमा परेका परेका आफ्ना जनताहरुलाई उद्धार त टाढाको कुरा हो । सामान्य चाँसो पनि लिन नसक्ने रु तर तपाईहरुलाई यसको चिन्ता छैन ।
तै पनि तपाईहरुलाई नयाँ बर्षको शुभकामना !!!!!!
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
प्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन ?
जेठ ७, २०८१ सोमबार