भिडियो भाइरलपछि कांग्रेस नेताले एकल महिलाको उद्धार गरी दिए राहत
नेपालबहस संवाददाता
बैशाख १, २०७७ सोमबार २२:४०:१५
धीरुभाई
१ वैशाख, राजविराज । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक भएपछि नेपाली कांंग्रेसका एक नेताले त्यो परिवारको उद्धार गरी राहत वितरण गरेका छन् ।
सप्तरीको क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस नेता तेजुलाल चौधरीको सचिवालयले एक फरक क्षमताका एकल महिलालाई उद्धार गरी राहत प्रदान गरेको हो । जिल्लाको खडक नगरपालिका वडा नम्बर ३ कञ्चिरा सिमरा टोलका सुकुम्बासी बोल्न नसक्ने एकल महिला परिवारलाई राहत प्रदान गरेको छ ।
उनको अवस्थाबारे सामाजिक सञ्जालमा भिडियो भाईरल भएपछि प्रतिनिधि सभा सदस्य चौधरीको पहलमा सचिवालयका सदस्यहरूले उद्धार गरी २५ किलो चामल, दुई किलो दाल, दुई किलो च्युरा, एक लिटर खानेतेल, एक प्याकेट नून, दुई किलो आलु, एक दर्जन साबुन, छ वटा मास्क प्रदान गरेको तेजेन्द्र सन्तोषीले जानकारी दिए । छ वर्ष अघि पतिको मृत्यु भएपछि कान नसुन्ने आमा र छोरा एकसाथ बस्दै आएका छन ।
फोटो क्याप्सन : फरक क्षमताका एकल महिलालाई राहत प्रदान ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
जेठ २, २०८१ बुधबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार
अमेरिकाले इजरायललाई फेरी हतियार पठाउने तयारी
जेठ २, २०८१ बुधबार
मेलम्ची खानेपानी प्रशोधन केन्द्र
जेठ २, २०८१ बुधबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार