लकडाउनका बेला टीकापुरमा औषधि अभाव !
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार १५:३०:४०
४ वैशाख लम्की । लकडाउनका बेला आपूर्ति सहज नभएका कारण कैलालीको टीकापुरमा औषधि अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायी बताउँंछन् ।
“विशेष गरी दम, सुगर, प्रेसर, थाइराइड र मानसिक समस्या भएका बिरामीले सेवन गर्ने औषधिहरुको बजारमा अभाव देखिन थालेको छ”, टीकापुरस्थित चण्डीमाई मेडिकलका सञ्चालक तथा औषधि व्यवसायी टेकनारायण पौडेलले भने, ‘‘कोरोनाको संक्रमणका कारण भारतबाट आउनुपर्ने औषधिहरु आउन सकेको छैन ।’’
नेपालका औषधि उत्पादक कम्पनीले प्रायः आपूर्ति सहज हुने ठूला शहरमा मात्र बढी जोड दिएका कारण अन्त औषधिको अभाव देखिने अवस्था आएको व्यवसायीको गुनासो छ । औषधि व्यवसायी संघ टीकापुरका अध्यक्ष शंकर शर्माले लकडाउनका कारण आपूर्तिमा आएको असहजता, औषधि कम्पनीबाट नगद कारोवारको अनिवार्य प्रावधान लागु र आवश्यक औषधि आफंैँ गएर ल्याउनुपर्ने जस्ता कारण बजारमा औषधिको अभाव देखिन थालेको बताए । ‘‘बजारमा औषधि अभाव भइसकेको छ । आफैंँ गएर औषधि ल्याउन पनि कठिन छ’’, अध्यक्ष शर्माले भने, ‘‘येस्तो बेलामा सरकारले सहज आपूर्तिको व्यवस्था गरिदिनुपर्छ ।’’
टीकापुर अस्पतालका मेसु डा जितेन्द्र कँडेलले अस्पतालले निःशुल्क बाँड्ने औषधिको माग पनि धेरै दिन थेग्नका लागि मौज्दात नभएको बताए । “अस्पतालले केही औषधि खरीदका लागि टेण्डर गरेको थियो तर देशमा विकसित नयांँ परिस्थितिका कारण आपूर्ति हुन नसकेकाले मौज्दात धेरै छैन”, मेसु डा कँडेलले भने, ‘‘अस्पतालले निःशुल्क बाँड्ने औषधिको अहिले नै संकट परेको त छैन तर धेरै दिनलाई थेग्ने गरी स्टक पनि छैन ।” टीकापुर नगरपलिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बजारमा अत्यावश्यक औषधि अभाव हुन नदिन आपूर्तिको सहजताका लागि सम्बन्धित निकायमा समन्वय गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
प्रतिनिधिसभा बैठक बस्दै
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार