रामकुमारी झाँक्रीको प्रश्न : पैदलै घर जानेहरुको व्यवस्थापन गर्न सकिदैन ?
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार १८:५२:२
४ वैशाख काठमाडौं । झण्डै एक महिना लामो लकडाउनमा धेरै जसो हिडेरै घर जान बाध्य छन । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपनि काठमाडौं छाडेर घर जानेलाई कुनै व्यवस्थापन गरेको छैन । उनीहरुको घर आँगनका पालिका सरकारले पनि कुनै बन्दोबस्त नमिलाउँदा हिडेरै घर जान बाध्य भएकाहरुको कथाले धेरैको मन पोलेको छ ।
यो पीडा मजदुरले भोगिरहदा नेताहरुमा पनि आक्रोश फैलिएको छ । सत्तारुढ दल नेकपाकी ले लकडाउनमा हिडेरै घर जान बाध्य भएकाहरुप्रति सरकार किन उदासिन ? भन्द्रै सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गरेकी छन ।
पैदलै घर हिडेकाहरुको तस्बिर फेसबुकमा पोष्ट गर्दै झाँक्रीले सोधेकी छन, ”मौसमी मजदूरी गर्न आफ्नै देश भित्र अर्को जिल्ला पुगेका मजदूरहरू हप्तौ लगाएर आफ्नो घर तर्फ फर्कदैछन। केही लेख्नै पर्दैन तस्विर आफै बोल्छ।”
आफ्नै दलका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले अगाडी प्रश्न तेस्र्याएकी छन, “के यिनीहरूको राज्य छ ? के यिनीहरूको आफ्नै सरकार छ ? के यिनीहरूको मजदूरको आफ्नै मजदूर संगठन छ ? सायद छैन ।”
सरकारले लकडाउन भएका बेला मजदुरको बिच्चली भएकामा केही नसोचेको भन्दै युवा नेतृ झाँक्री आक्रोशित भएकी छन । लकडाउनमा गाडीन नपाएर घर हिडेका मान्छेहरुलाई व्यवस्थापन नै गर्न नसकिने हो र ? भन्दै नेतृ झाँक्रीले सोधेकी छन, “सरकारको दायित्व लकडाउन गरेर मात्र पुरा हुन्छ कि यस्तो सकसको व्यवस्थापन पनि ? के यो व्यवस्थापन गनै नसकिने मुद्दा हो ?”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार