ओम्नीको भण्डाफोर गर्ने डा. पुनमाथि स्वास्थ्यमन्त्रीले पोखे आक्रोश
कुसुम सेञ्चुरी
बैशाख ६, २०७७ शनिबार १९:३७:२७
६ बैशाख, काठमाडौं । हिजोआज एउटा नाम नेपाली मिडियामा अलि बढी नै आउने गरेको छ, डा. शेरबहादुर पुन ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत वरिष्ठ चिकित्सक पुन कोरोना भाइरसबिरुद्ध भिडेर काम गर्दैछन् ।
जापानबाट आफ्नो चिकित्सा शिक्षा पूरा गरेका तिनै डा. पुन अहिले सरकारको आँखाको कसिंगर बनेका छन् । नेपाली जनतालाई यो महामारीबारे राम्रो जानकारी दिएर चर्चा कमाएका डा. पुनलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा कारवाही प्रक्रिया सुरु गरिएको स्रोतको दावी छ । उनीमाथि कोरोनाबारे जनमानसमा नचाहिंदो भ्रम सिर्जना गरेको आरोप लगाइएको छ । विभिन्न सञ्चारमाध्यममा डा. पुनले दिएको अन्तर्वार्ताले सरकारी अकर्मण्यताको पर्दाफास हुने गरेको छ ।
खासमा डा. पुनले ओम्नी समूहले ल्याएको आरडीटी कीटको आधिकारिकतबारे प्रश्न उठाएका थिए । साथै बजार मूल्यभन्दा धेरै महंगामो ल्याएको विषय पनि उनैले सञ्चारमाध्यमलाई चुहाएको बुझाई मन्त्री ढकालको रहेको छ । मुखैमा आएको कमिशन नपाउने वातावरण सिर्जना गरेको झाेंकमा ढकाल डा.पुनलाई उहिल्यै कारबाही गर्न चाहन्थे । तर परिस्थिति अनुकुल नभएकाले उनी मुर्मुरिएका थिए ।
स्वास्थ्यमन्त्री ढकाललाई त्यो सैह्य भएन । हिजो शुक्रबार मन्त्रालयबाट डा. पुनको नाममा स्पष्टीकरण गएको छ । साथै उनलाई मन्त्रालयमा हाजिर गराउन समेत निर्देशन दिइएको छ । कोभिड–१९ का बेला मात्र होइन, डा. पुन यसअघि फैलिएका विभिन्न सरुवा रोग प्रतिरोध गर्ने अभियानको अगुवाई गर्दै आएका चिकित्सक हुन् । महामारीका बेला संक्रमण रोग विशेषज्ञलाई मन्त्रालयमा तान्नु भनेको जनस्वास्थ्यप्रतिको सरकारी कुठाराघात हो । यतिखेर सकेसम्म बढी चिकित्सकलाई फिल्डमा खटाउनुपर्ने बेला स्वास्थ्यमन्त्री ढकाल भने उल्टो कारवाही गर्न तम्सिएका छन् ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मन्त्री ढकाल विगत केही दिनदेखि नै डा.पुनलाई कारवाही गर्न खोज्दै थिए । तर यसबाट नराम्रो सन्देश जानसक्ने भन्दै उनलाई तत्काल कारवाही नगर्न सुझाव दिएका थिए । मन्त्री ढकालले डा.पुनमाथि विभिन्न सञ्चारमाध्यममा भ्रामक कुरा दिएको भने पनि कस्तो भ्रम फैलिएको भनेर प्रष्ट गरेको छैन । स्रोत भन्छ– यो कारवाहीका पछाडि अर्काे रहष्य लुकेको छ ।
खासमा डा. पुनले ओम्नी समूहले ल्याएको आरडीटी कीटको आधिकारिकतबारे प्रश्न उठाएका थिए । साथै बजार मूल्यभन्दा धेरै महंगामो ल्याएको विषय पनि उनैले सञ्चारमाध्यमलाई चुहाएको बुझाई मन्त्री ढकालको रहेको छ । मुखैमा आएको कमिशन नपाउने वातावरण सिर्जना गरेको झाेंकमा ढकाल डा.पुनलाई उहिल्यै कारबाही गर्न चाहन्थे । तर परिस्थिति अनुकुल नभएकाले उनी मुर्मुरिएका थिए । अहिले उपयुक्त समय आएको ठानी स्पष्टीकरण मागिएको हो ।
यसैबाट पनि मन्त्री ढकालको कोरोना कमिशनको खेल पटाक्षेप हुने स्रोतले बताएको छ । करारमा कार्यरत डा. पुनलाई मन्त्रालय हाजिर गराउनुको कुनै अर्थ नरहेको पनि स्रोतले बताएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपच्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार