डा.शेरबहादुर पुनबारे अनर्गल लेख्ने लेखाउने कार्य नगर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह
नेपालबहस संवाददाता
बैशाख ७, २०७७ आइतबार २०:१८:५९
७ वैशाख काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनको प्रचारमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अनावश्यक रुपमा मुछेको आरोप लगाएको छ ।
मन्त्रालयले सूचना जारी गरी पुनका सम्बन्धमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइँ मन्त्री ढकालको नामसमेत मुछेर अनर्गल प्रचार गरेको आरोप लगाएको हो । पुनमाथि सोधपुछ गरिएको सत्य भएपनि कुनै स्पष्टीकरण नलिएको मन्त्रालयको दाबी छ ।
मन्त्रालयले कोही पनि स्वास्थ्यकर्मीको मनोवल घटाउने काम नगरेको उल्लेख गर्दै स्वास्थ्यकर्मीलाई सरकारले शतप्रतिशत भत्ता र २५ लाखको बीमासमेत व्यवस्था गरेकाले डा. पुनका सन्दर्भमा सत्यतथ्य नबुझिकन अनर्गल प्रचारप्रसार वा लेख लेख्ने लेखाउने कार्य नगर्न नगराउन आग्रह गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सहसचिव रघुराम विष्टले जानकारी दिए ।
सूचनामा कोरोना भाइरसका सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने काम भइरहेको जनाएको छ ।
यो पनि पढ्नुस :
ओम्नीको भण्डाफोर गर्ने डा. पुनमाथि स्वास्थ्यमन्त्रीले पोखे आक्रोश
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार