आरटीपीसीआर जडान भएपछि भेरी अस्पतालमा कोरोना परीक्षण शुरु
नेपालबहस संवाददाता
बैशाख ७, २०७७ आइतबार २१:१२:५१
७ वैशाख, बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरु गरिएको छ । रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपीसीआर) उपकरण शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण शुरुआत भएको अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले जानकारी दिएका छन् ।
उनका अनुसार, कोरोना भाइरस सङ्क्रमणको परीक्षण शनिबार साँझबाटै शुरु गरिए पनि आजबाट नमूना सङ्कलन गरिएको छ । आरटीपीसीआर उपकरण जडान तथा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली काठमाडौबाट ‘रिएजेन्ट केमिकल’ लिएर शुक्रबार नेपालगञ्ज आएको थियो । रगत परीक्षण गर्न आवश्यक पर्ने ‘रिएजेन्ट केमिकल’ को नेपालगञ्जमा अभाव भएपछि काठमाडौबाट मगाइएको हो । बाँके र बर्दियाका जनताको कोरोना सङ्क्रमण परिक्षणका लागि लक्षित गरी सो अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको हो ।
प्रयोगशाला सञ्चालन भएपछि अब स्वाब नमूना परीक्षणका लागि भैरहवा अथवा काठमाडौं पठाउनु पर्ने बाध्यता हटेको छ । सो उपकरणबाट एकदिनमा १०० जनाको नमूना परीक्षण गर्न सकिने डा. थापाको भनाई छ । बाँकेका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत कोरोना भाइरसका शङकास्पद विरामी मध्ये शनिबार थप १४ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ । यससँगै बाँकेमा शनिबारसम्म भएका सबै परिक्षणमा ४ सय ९६ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
जिल्लाका विभिन्न अस्पतालमा उपचाररत १५ जना बिरामीको वैशाख ३ गते सङ्कलन गरिएको ‘थ्रोट स्वाव’ को नमूना मध्ये शनिबार बेलुकासम्म १४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको र १ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार, शनिबार थप ८ जनाको नमूना सङ्कलन गरिएको छ ।
हालसम्म बाँकेमा पीसीआर बिधिबाट १ सय जनाको परीक्षण गर्दा ९१ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । आरडीटी बिधिबाट ४ सय ५ जनाको जाँच गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । बाँकेमा हालसम्म ५ सय ५ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये ४ सय ९६ को रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ भने ९ जनाको रिपोर्ट आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
सिंहदरबार प्रवेशका लागि आजदेखि इलेक्ट्रोनिक गेटपास पाइने
बैशाख १७, २०८१ सोमबार
इलाम अपडेट : १६ सय २३ मतले एमाले अगाडि
बैशाख १७, २०८१ सोमबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार