स्वास्थ्य सामग्रीको अभाव हुन दिन्नौँ विकासमन्त्री पुन
नेपालबहस संवाददाता
बैशाख ७, २०७७ आइतबार २२:४३:५०
७ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले कोरोना रोकथामको प्रयासलाई प्रभावकारी र सफल बनाउन स्रोत, साधन र शक्तिको उच्चतम परिचालन गरिएको बताएका छन् । बेनीमा आज भएको अभिमुखीकरणमा सहभागी स्वास्थ्यकर्मी र चिकित्सकलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री पुनले उपचार र रोकथामका लागि आवश्यक पर्ने सामग्री, औषधि र उपकरणको अभाव हुन नदिने बताएका छन् ।
“कोरोना सङ्क्रमितको उपचारमा खटिनेलाई अतिरिक्त सुविधा, बीमाको व्यवस्था गरेका छौँ”, मन्त्री पुनले भने, “पिपिइ, मास्क, स्यानिटाइजर, पञ्जा, चश्मा, भिटीएस, भिएचएम, रिएजेण्टलगायतका सामग्री नभएर स्वास्थ्यकर्मी र चिकित्सकलाई जोखिम हुने अवस्था आउन दिँदैनौँ ।” बजारमा पर्याप्त सामान नभएको अवस्थामा विद्यमान खरिद ऐनअनुसार सामग्री जुटाउन समस्या परेको उनले बताएका छन् । खरिद प्रक्रियासँगै सामाजिक सङ्घसंस्था र व्यक्तिबाट सहयोग जुटाएर भए पनि व्यवस्थापन गरिएको बताएका छन् ।
सामाजिक दूरी कायम गर्नु र बन्दाबन्दीको पालना गर्नुनै कोरोनाबाट बच्ने अचुक औषधि भएको मन्त्री पुनको भनाइ थियो । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका माइक्रोबायोलोजिष्ट धर्मराज भट्टले अनावश्यक काममा पिपिइको प्रयोग नगर्न आग्रह गरेका छन् । चिकित्सक बुद्धीसागर लामिछानेले कोरोनाको त्रासका कारण अन्य रोगका बिरामीले उपचार नपाउने अवस्था आउन नदिन सचेत बन्नुपर्ने बताएका छन् । डा राम्जी शर्माले पहिचान भएका सङ्क्रमितको सफल उपचार र थप सङ्क्रमण फैलन नदिने रणनीतिअनुसार काम गर्नुपर्ने बताएका छन् ।
बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीका साथै कोभिड–१९ कमाण्ड पोष्ट, जनप्रतिनिधि र सुरक्षा अधिकारीलाई कोरोना सङ्क्रमितको पहिचान, उपचार र व्यवस्थापनका साथै सामग्रीको प्रयोगका विषयमा जानकारी गराइएको थियो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले विदेशबाट आएका र शङ्कास्पद १३० जनाको द्रुत परीक्षण गर्दा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको बताएका छन् । सम्भावित जोखिमलाई आँकलन गरेर जिल्लाभर १७५ श्यया क्षमताको क्वारेन्टाइन बनाएको जानकारी दिएका छन् ।
उनका अनुसार बेनीमा २० श्यया क्षमताको आइसोलेशन वार्ड स्थापना गर्न लागिएको छ । “बेनी अस्पतालको वरपर चिकित्सकको सहज पहुँच पुग्ने ठाउँमा आइसोलेसन स्थापना गर्ने निर्णय भएको छ”, ढकालले भने, “लागत तयार पारेर बजेट व्यवस्थापन गरेका छौँ । अबको पाँच दिनमा आइसोलेसन तयार हुन्छ ।” यसअघि बेनी अस्पतालमा छ श्ययाको आइसोलेसन स्थापना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार