चौतर्फी दवाव परेपछि मन्त्री ढकालले लिए यु टर्न
नेपालबहस संवाददाता
बैशाख ७, २०७७ आइतबार २३:१६:३५
७ बैशाख, काठमाडौं । स्पष्टीकरण दिन बोलाइएका डा. शेरबहादुर पुनसँग स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज सुलह गरेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत डा. पुनसँग चिढिएका मन्त्री ढकालले मन्त्रायल तान्ने आशयका साथ गत बिहीबार नै स्पष्टीकरण सोधेका थिए । तर डा. पुन आज मात्र स्पष्टीकरणसहित मन्त्रालय गएका थिए ।
यसबीच मन्त्री ढकालको कार्यशैलीको विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्काे विरोध भएपछि अन्ततः ब्याक गियर लगाउन बाध्य भएका हुन् । मन्त्रालय स्रोतका अनुसार, डा. पुनले ओम्नी समूहले चीनबाट आयात गरी ल्याएको आरडीटी गुणस्तरहिन र बजार मूल्यभन्दा चर्काे भएको भन्दै अस्पतालमा विरोध गरेका थिए ।
यसबाट आक्रोशित भएका मन्त्री ढकाल जसरी भएपनि उनलाई हटाउन चाहन्थे । तर सबैतिरबाट विरोध भएपछि आज साँझ मन्त्रालय पुगेका डा. पुनलाई आईन्दा सार्वजनिक सञ्चारमाध्यममा बोल्नुअघि मन्त्रालयको प्रवक्तासँग अनुमति लिएर मात्र दिन मौखिक आदेश भएको बुझिएको छ ।
तर उपयुक्त समयमा डा. पुनलाई कारवाही गरी छाड्ने मन्त्री ढकाल चाहन्छन् । मन्त्रालयका पदाधिकारी तथा शुभचिन्तकले हाललाई सुलह गर्न सल्लाह दिएकाले उनी पछाडि हटेको बताईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार