लकडाउनमा पनि रोकिएन नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरे पुलको काम
नेपालबहस संवाददाता
बैशाख ९, २०७७ मंगलबार १८:११:१३
९ वैशाख, चितवन । लकडाउनको समयमा नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेको पुलको कामलाई निरन्तरता दिइएको छ । वर्षात्अघि ढलान र तारले बान्ने काम सम्पन्न नभए यसअघि बनाइएका संरचनामा समेत क्षति पुग्ने भएपछि कामलाई निरन्तरता दिइएको हो । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार १५ मजदुरले अहिले नियमित काम गरिरहेका छन् ।
मजदुर थप्न नसकिए पनि पहिलेदेखिनै काम गर्दै आएका मजदुरलाई क्वारेन्टाइनमा राखेर काम गराइएको छ । पुलमा अहिले ढलानका लागि सेन्टिङ र रड बाँध्ने काम भइरहेको छ । खनालले भने, “नियमित काम गर्न सकेमा र सामग्री पाएमा वैशाखको २०–२२ गते सम्ममा हामी ढलान गर्छौँ ।” ढलानसँगै सो पुलको बिममा तारले कस्नुपर्ने हुन्छ । वर्षात्अघि यति गरेमा हालसम्म भएको काम सुरक्षित हुने खनालले जानकारी दिएका छन् । तार कोलकाताबाट ल्याउनुपर्ने हुन्छ । विगत पाँच वर्षयता नेपालका ४० मिटरभन्दा लामो पुलमा तारले बिममा कस्ने गरी डिजाइन गरेर काम गर्दै आइएको छ ।
नारायगढ–मुग्लिन सडक फराकिलो बनाइएको भए पनि त्यहाँ रहेका १९ वटा पुल साँघुरा थिए । सडक नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुल भने पाँचदेखि छ मिटरसम्म मात्र फराकिलो रहेका छन् । सडकको पुनःनिर्माण सकिएसँगै चार पुलको निर्माणकार्य शुरु गरिएको थियो । जसमध्ये दासढुङ्गा, खानी र मौरी पुलको निर्माणकार्य सकिए पनि जलबिरे पुलको भने अहिलेसम्म ६२ प्रतिशत मात्रै काम सकिएको आयोजनाले जनाएको छ । रु १३ करोड ९५ लाख लागत रहेको जलविरे पुल ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ ।
डिसेम्बर २०१७ बाट निर्माण शुरु गरिएको पुल सम्झौता भएको २१ महिनामा निर्माण सकिनुपर्ने हो तर निर्माणका क्रममा पटक–पटक डिजाइन परिवर्तन गर्नुपर्दा ढिलाइ भएको हो । पुल निर्माण गर्ने स्थान अप्ठ्यारो ठाउँ भएकाले काम गर्दै डिजाइन परिवर्तन गर्दै गर्नुपरेको खनालले जनाकारी दिएका छन् । जलविरे मन्दिरसँगै जोडेर बनाइएको यो पुल निर्माण सम्पन्न भएपछि नारायणगढ–मुग्लिन सडकको दूरी ३०० मिटर घट्ने छ । अहिले यो सडकको दूरी ३६ किलोमिटर छ । राजधानी काठमाडौँ प्रवेश र बाहिरिने प्रमुख सडक भएकाले यो सडकमा सवारी चाप उच्च छ । दैनिक १० हजार सवारी साधन आवतजावत गर्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार