सुरक्षा अपनाउँदै मोहना–राजघाट पुल निर्माण शुरु
नेपालबहस संवाददाता
बैशाख १०, २०७७ बुधबार १६:२२:३२
१० वैशाख, कैलाली । धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना–राजघाट पुलको निर्माणकार्य शुरु भएको छ । कामदारको सुरक्षालाई ध्यानमा राख्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण रोकिएका योजनाको काम सञ्चालनमा ल्याउन सङ्घीय तथा प्रदेश सरकारले निर्णय गरेपछि सो काम शुरु भएको हो ।
कैलाली प्रशासनबाट मोहनापुल–अत्तरिया छ लेन सडक, कैलालीको धनगढी र कञ्चनपुरको रैकवारविचवा जोड्ने पुल आयोजनालाई अनुमति दिइसकेपछि सो काम शुरु भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । सुरक्षाका मापदण्ड अपनाएर दुई आयोजनाका काम अघि बढिसकेको बताउँदै उनले अहिले प्रशासनमा अन्य पाँच आयोजनाले अनुमतिका लागि निवेदन पेश गरेको जानकारी दिएका छन् । उनले ती दुई आयोजनालाई सामाजिक दूरी कायम गरेर काम गर्न अनुमति दिएको बताए । “हामीले गनुगमन गर्छौँ, अनुगमनका क्रममा त्यो पाइएन भने सो काम रोक्छौँ ।”, उनले भने ।
सरकारले महत्वपूर्ण योजना सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामलाई निरन्तरता दिन मजदुरको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै काम गर्ने मजुदरलाई बाहिर जान नदिएको र बाहिरका कसैलाई संलग्न नगराइ कोरोना सङ्क्रमणबाट सुरक्षित राखेर काम सञ्चालन गरिएको उनको भनाइ छ ।
आयोजना सञ्चालनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड बनाएको जनाइएको छ । योजनाको काममा कुनै पनि बाधा–अवरोध भएमा प्रशासनले योजनाको अवस्था, भौतिक प्रगतिलगायतको अवस्थाका आधारमा सञ्चालनको अनुमति दिइरहेको प्रजिअ बोहराको भनाइ छ । सम्झौताअनुसार तीन वर्षअघि नै निर्माण भइसक्नुपर्ने सो पुल ठेकेदारको लापरवाहीका कारण निर्माणको काम अलपत्र परेको थियो ।
कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा काम शुरु भएको साढे पाँच वर्ष पुग्नलाग्दा पनि पुल निर्माण हुनसकेको छैन । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी विसं २०७१ असारमा एलाइट एड्भेन्चर जेभीसँग पुल निर्माणको सम्झौता भएको थियो । विविध कारण देखाएर पटक–पटक सो पुलको म्याद थपिँदै आएको छ ।
एक सय २० मिटर लामो पुलका लागि तीनमध्ये दुईवटा ‘स्पान’ बन्न बाँकी छ । शुरुमा रु सात करोड ४२ लाखमा निर्माण सम्झौता भएको थियो । सो पुलको निर्माणकार्य ७५ प्रतिशत सम्पन्न भइसकेको छ भने अझै करिब २५ प्रतिशत काम बाँकी रहेको निर्माण कम्पनीका इञ्जिनीयर दिनेश बटलाले जानकारी दिएका छन् ।
पुल नहुँदा नदी तर्नका लागि यात्रुले सास्ती खेप्दै आएका छन् । वर्षायाममा नदीमा डुङ्गा र हिउँदमा काठेपुलबाट स्थानीय बासिन्दाले नदी तर्नुपर्ने बाध्यता छ । दुई जिल्लाको सीमामा बग्ने मोहना नदीमाथि पुल नहुँदा त्यहाँका स्थानीय बासिन्दा दूध, तरकारी बेच्न र उपभोग्य सामान किन्न, बैंकिङ कारोवार, रोजगारी तथा औषधि उपचारलगायत कामका लागि दैनिक ३००÷४०० जनाभन्दा बढी धनगढी बजार पुग्ने गरेको स्थानीय कमल चौधरीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार