नुवाकोट कांग्रेसद्धारा वृद्धवृद्धा र किसानलाई मास्क तथा स्वास्थ्य सामाग्री वितरण
नेपालबहस संवाददाता
बैशाख १०, २०७७ बुधबार १७:४९:४८
१० बैशाख नुवाकोट । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नुवाकोट कांग्रेसले जिल्लाकाे व्यवसायिक कृषिमा संलग्न वृद्धवृद्धा र किसानका लागि मास्क वितरण गरेको छ ।
जिल्लाका सबै १२ वटा गाउँपालिका र नगरपालिकाका पार्टीका सभापतिमार्फत प्रत्येक ८८ वडा तहका नेपाली कांग्रेस सभापतिहरूमार्फत उनीहरुसम्म पुर्याउने हेतुले ८ हजार ८ सय मास्क वितरण गरिएको हो ।
पार्टीका तर्फबाट मङ्गलबार गाउँ र नगर सभापतिलाई मास्क हस्तान्तरण गरिएको छ । सो मास्क सबै वडामा दामासाहीले हुनेगरी फ्रन्टलाइनमा रहेर कृषि कर्ममा संलग्न किसान र वृद्धवृद्धालाई वितरण गरिएको कांग्रेस नुवाकोट सभापति जगदिश्वर नरसिंह केसीले नेपालबहस डटकमलाई बताए ।
नेपालबहस डटकमसँग कुरा गर्दै केसीले पार्टीले आउँदा दिनमा पनि जनताको दुःखमा सक्दो सहयोग गर्दै जाने बताएका छन् । साथै यस कार्यको लागि पार्टीलाई लगनशिल भएर सहयोग गर्ने नेपाली कांग्रेस सम्पर्क समितिका सम्पुर्ण कार्य समितिका साथीहरुमा नुवाकोट कांग्रेसले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
सोही अवसरमा यशाेदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले नुवाकोटको एम्बुलेस चालक १९ जनालाई पीपीई र रसुवा जिल्लाको लहरेपौवा र कालिकादेवी गाउँपालिकामा रहेका १० स्वास्थ्य चौकीलाई ५ र ५ पीपीईसमेत उक्त संस्थाका प्रमुख डा. केदार नरसिंह केसी र महासचिव जगदिश्वर नरसिंह केसीले संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार