बागलुङमा १६ शय्याको आइसोलेसन वार्ड तयार
नेपालबहस संवाददाता
बैशाख १०, २०७७ बुधबार २३:८:४५
१० वैशाख, बागलुङ । सरकारी र निजी स्वास्थ्य संस्थामा गरी १६ शय्याको आइसोलेसन वार्ड तयार भएका छन् । कोरोना भाइरस सङ्क्रमणको सम्भावित बिरामी र सङ्क्रमितलाई उपचार गर्ने गरी आइसोलेसन वार्ड तयार गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको हो । दुईजना कोरोना सङ्क्रमितको उपचार गरेको धौलागिरी अञ्चल अस्पतालले आठ शय्याको आइसोलेसन वार्ड तयार गरेकोे छ । यसअघि सो अस्पतालमा चार शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको थियो । निजी क्षेत्रबाट सञ्चालित सदरमुकामको मुक्तिनाथ अस्पतालले पनि दुई शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको जनाएको छ ।
त्यस्तै, सहकारीले सञ्चालन गरेको निलगिरी अस्पतालले ३ शय्याको आइसोलेसन वार्ड तयार गरेको छ । निजी क्षेत्रले नै सञ्चालन गरिरहेको सफल पोलिक्लिनिकले पनि एक शय्या र गलकोट हटियास्थित आरोग्य अस्पतालले दुई शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताएका छन् । धौलागिरी अञ्चल अस्पताल बाहेकका स्वास्थ्य संस्थामा जनशक्तिको भने अभाव छ । “अफठ्यारो अवस्था आइहालेमा काम चलाउनका लागि पनि आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ तर मापदण्ड अनुसारको जनशक्ति भने छैन”, प्रमुख गुरौले भने, “कठिन अवस्थामा प्राप्त जनशक्तिको उच्च व्यवस्थापन गरेर पनि चलाउन सकिन्छ ।”
आइसोलेसनमा कम्तिमा पनि डव्लुएचओले तोकेको जनशक्ति र भेण्टिलेटर लगायतका उपकरणको आवश्यकता हुन्छ । धौलागिरी अञ्चल अस्पतालमा मात्रै भेण्टिलेटरसहितका आइसोलेसन शय्या छन् ।
योजनाको काम सञ्चालन हुने
जिल्लाको जैमिनी नगरपालिकाले लकडाउनका कारण बन्द रहेका आयोजनाको काम सञ्चालन गर्ने भएको छ । नगरपालिका, प्रदेश र केन्द्र सरकारबाट विनियोजित बजेटमा नगरभित्र सञ्चालनमा रहेका योजनाको कामलाई निरन्तरता दिन निर्माण कम्पनी तथा उपभोक्ता समितिलाई आग्रह गरेको छ । नगर कार्यपालिकाको बैठकले सुरक्षित हिसाबले विकास निर्माणका कामलाई निरन्तरता दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बताउनुभयो ।
“काम बन्द भएको भएपनि यहाँका मजदूर एकै ठाउँमा बसेकै छन्”, उनले भने, “बस्ने ठाउँमा सामाजिक दूरी कायम गराउनु र अरु कसैसँग सम्पर्कमा नआउने गरी कार्यक्षेत्रमा काम गराउनु उस्तै त हो भनेर काम गराउने निर्णय भएको छ ।” निर्माण कम्पनी र उपभोक्ता समितिले नगरभित्रै रहेका मजदूरको परिचालन मात्रै गर्न पाउने नगरपालिकाले जनाएको छ । बाहिरबाट कोही कसैलाई ल्याएर काम गराउन नपाइने उनले बताए । काम बन्द हुँदा मजदूरको रोजीरोटी खोसिएको र विकास प्रभावित हुने भएकाले सावधानीका साथ कामहरु अघि बढाउन थालिएको हो । लकडाउनका कारण काम रोकिँदा दैनिक गुजारा नचलेको भन्दै नगरपालिकाले ३ सय ८० मजदूरलाई खाद्य सामग्री उपलव्ध गराउँदै आएको छ ।
“डोजर चलाउने कामले कसैसँग सम्पर्क गर्दैन, जिल्लासँग समन्वय गरेर इन्धन उपलव्ध गराउँछौं”, उनले भने, “नगरभित्रका फरक–फरक ठाउँमा रहेका योजनामा दश जनाभन्दा धेरै नहुनेगरी मजदूरले आफ्नो क्षेत्रमा काम गर्न सक्छन् ।” चालू् आर्थिक वर्षमा जैमिनी नगरपालिकामा तिनै तहबाट विनियोजित ५ सयभन्दा धेरै योजना छन् । तीमध्ये केही योजनाको काम सकिएको र केही बाँकी भएको उनले बताएका छन् ।
योजनाको सम्झौता र फरफारकमा समेत कडाइ गर्न थालेको नगरपालिकाले लकडाउनका कारण काम नभएका योजनामा केही लचकता अपनाउने भएको छ । आगामी वैशाख १५ पछि आयोजनाहरुको फरफारक गर्ने निर्णय कार्यपालिकाले गरेको छ । सम्पन्न भइसकेका आयोजनाहरुको फरफारकको काम भीडभाड हुन नदिने व्यवस्था मिलाई वैशाख १५ पछि सूचारु गर्ने निर्णयमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार