कोरोनाबाट निको भएर घर फर्कनेको सङ्ख्या पुग्यो सात
नेपालबहस संवाददाता
बैशाख १०, २०७७ बिहिबार ०:३६:५४
१० वैशाख, काठमाडौं । कोरोना भाइरसको हालसम्म ४० हजार ४३१ जनाको प्रयोगशाला परीक्षण भएको छ । पिसिआर विधिबाट नौ हजार ११ र ¥यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३१ हजार ४२० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन्।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाटमा पछिल्लो २४ घण्टामा तीन हजार ७३६ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिइयो । क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या हालसम्म आठ हजार ५९५ रहेको छ भने आइसोलेसनमा रहने सम्भावित सङ्क्रमितको सङ्ख्या ९५ जना रहेको छ । हाल कोभिड १९ को रेड जोनमा पर्नेको सङ्ख्या २६९ पुगेको छ ।
मन्त्रालयमा सञ्चालनमा रहेका कलसेन्टरमा गत २४ घण्टामा दुई हजार १४४ कल प्राप्त भएकोमा त्यसको सम्बोधन गरिएको जानकारी दिइयो । कोभिड-१९ को उपचार गरिरहेकामध्ये निको भएर दुई जना आज मात्र घर फर्किएसँगै उपचार गरेर फर्कनेको सङ्ख्या सात पुगेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा आज थप तीन वटा परीक्षण पोजेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । उनीहरु तीनै जना पुरुष भएको बताइएको छ ।
नेपालमा हालसम्म कोभिड-१९ बाट सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ । ३५ जनाको उपचार भइरहेको छ भने आज पुष्टि भएका तीन जनाको क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल लैजाने क्रममा रहेको जानकारी दिइयो । उपचारमा रहेका सबैको स्थिति सामान्य रहेको छ ।
यसैबीच मन्त्रालयले कोभिड-१९ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा ज्येष्ठ नागरिकको स्वास्थ्य र स्याहारमा विशेष ध्यान पु¥याउन आग्रह गरेको छ । नियमित खाने औषधिको उचित व्यवस्था गर्न र स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्य संस्थामा पु¥याई दिन पनि मन्त्रालयले सुझाव दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार
सलमान खानको घर फायरिङ काण्डः हरियाणाबाट छैटौं आरोपी पक्राउ
जेठ १, २०८१ मंगलबार
इतिहासकार एवं प्राज्ञ ज्ञानमणि नेपालको निधन
जेठ १, २०८१ मंगलबार